भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको पनि खुल्यो सेयर कारोबार, सुरुको मूल्य कति ?

Oct 27, 2016 merolagani

भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर बजारमा कारोबार खुलेको छ । दुई विकास बैंक गाभिएर बनेको यो विकास बैंक राष्ट्रियस्तरका विकासबैंक मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको विकास हो । बैंकको VSDBL कोडमा कारोबार हुने नेप्सेले जनाएको छ तर सुरुको प्रति कित्ता मूल्य भने तोकिएको सूचनामा उल्लेख छैन । 


मर्जर पछि बैंकको चुक्ता पूँजी १ अर्ब ८२ करोड रुपैयाँको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको विकास बैंकले २०७४ असार मसान्तसम्म २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनु पर्नेछ ।

भिबोरले गत आर्थिक बर्षमा २० करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने सोसाईटीले पनि गत आर्थिक बर्षमा २० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकले हालसम्म १४ अर्ब बढी निक्षेप तथा १२ अर्ब बढी कर्जा परिचालन गरेको छ । 

गतबर्षको आर्थिक विवरण अनुसार भिवोरको ०.७९ प्रतिशत तथा सोसाईटिको १.९९ खराब कर्जामा प्रतिशत रहेको छ । मर्जरमा जानुअघि भिवोरको प्रतिकित्ता १५२ रुपैयाँ तथा सोसाइटीको १३३ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।

त्यसैगरी धरानको अरुण फाईनान्सको पनि सेयर कारोबार खुलेको छ । १० प्रतिशत सेयर अभौतिक भएपछि अरुणको सेयर कारोबार खुलेको हो । 

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।