सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रद खुल्यो,जनताको ५० प्रतिशत मंसिर १ गतेदेखि

Oct 27, 2016 merolagani

सिद्धार्थ बैंक (SBL) ले बिहीबारदेखि २५ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । त्यस्तै जनता बैंक (JBNL)ले मंसिर १ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले एक करोड तीन लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

सिद्धार्थको हकप्रदमा मंसिर १५ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 

सिद्धार्थको हकप्रदमा निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । बैंकका सेयरधनीले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल तथा सिद्धार्थ क्यापिटल अनामनगरबाट आवेदन दिन सक्नेछन् ।

तीन अर्ब दुई करोड २८ लाख ८१ हजार रूपैयाँ चुक्ता पुँजी रहेको सिद्धार्थको २५ प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी तीन अर्ब ७७ करोड ८६ लाखभन्दा बढी पुग्नेछ ।

जनताको ५० प्रतिशत हकप्रद

त्यस्तै जनता बैंकले मंसिर १ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । जनताको हकप्रद पुस ५ गतेसम्म आवेदन भर्न पाइनेछ । बैंकले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यको एक करोड तीन लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

जनताको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।

दुई अर्ब ६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको जनताको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी तीन अर्ब नौ करोड रूपैयाँ पुग्नेछ ।

...................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।