अरनिको, त्रिवेणी र कञ्चन डेभलपमेण्ट बैंकको यस्तो छ पहिलो त्रैमासको प्रगति

Oct 27, 2016 merolgani

सेञ्चुरी बैंकले खरिद गर्न लागेको अरनिको डेभलपमेन्ट बैंक (ARDBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा दोब्बर बढीले बढाएको छ । यस्तै त्रिवेणी विकास बैंक (TBBL) ले पनि आफ्नो नाफा ८० प्रतिशतले बढाउदा कञ्चन डेभलपमेन्ट बैंक (KADBL) को भने सामान्य बढेको छ ।

 

अरनिको डेभलपमेन्ट बैंक

अरनिको डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ८१ लाख ७२ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा १ सय २७ दशमलव १८ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ३५ लाख ९७ हजार रुपैयाँ कमाएको थियो ।

२५ करोड ७८ लाख रुपैयाँ चुक्ता पूँजी भएको अरनिको डेभलपमेन्ट बैंकले जगेडा कोषमा १३ करोड ८८ लाख रुपैयाँ राखेको छ । बैंकको खुद व्याज आम्दानी, संचालन मुनाफा बढेपछि नाफा बढेको हो ।

निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ९० लाख २६ हजार रुपैयाँ राखेको छ भने खराबकर्जा २९ लाख ७७ हजार रुपैयाँ उठाउन सफल भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव ६८ रुपैयाँ (वार्षिक), मूल्य आम्दानीको अनुपात २९ दशलमव १८ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५३ दशमलव ८५ रुपैयाँ र तरलता अनुपात ३७ दशमल ३९ प्रतिशत रहेको छ ।

त्रिवेणी विकास बैंक

त्रिवेणी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा २ करोड ४९ लाख रुपैयाँ कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनाभन्दा ८० दशमलव ४६ प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा १ करोड ३८ लाख रुपैयाँ कमाएको थियो ।

८२ करोड रुपैयाँ चुक्ता पूँजी भएको त्रिवेणी विकास बैंकले जगेडा कोषमा ४४ करोड ४२ लाख रुपैयाँ राखेको छ ।
बैंकको निष्क्रिर्य कर्जा २ दशमलव १३ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव १६ रुपैयाँ (वार्षि्किकृत), मूल्य आम्दानीको अनुपात ४१ दशलमव १९ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ५४ दशमलव १८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ९७ प्रतिशत रहेको छ ।

कञ्चन डेभलपमेन्ट बैंक

यसैगरी कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८१ लाख ४० हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा ६ दशमलव ३० प्रतिशतले बढी हो । बैंकले गत वर्षको सोहि अवधिमा ७६ लाख ५७ हजार रुपैयाँ कमाएको थियो ।

१९ करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा ९ करोड ४६ लाख रुपैयाँ राखेको छ । बैंकको निष्क्रिय कर्जा २ दशमलव ९० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १६ दशमलव ४४ रुपैयाँ (वार्षिक), प्रतिशेयर नेटवर्थ १ सय ४७ दशमलव ७८ रुपैयाँ र तरलता अनुपात २२ दशमल ५० प्रतिशत रहेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।