विहिबार नेप्से ६ दशमलव २५ अंकले उकालो लागेर १७५९ दशमलव ७१ अंकमा पुगेको छ ।पछिल्लो पटक कारोबारमा आएका कम्पनीहरुमा लगानीकर्ताको आर्कषण देखिएको छ भने लाभांस घोषणा गरेका केही कम्पनीहरुको सेयरमूल्य समेत बढेको छ ।
१ सय ३६ कम्पनीका १० लाख १० हजार कित्ता शेयर ६९ करोड ६४ लाख रुपैंयामा बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो कारोबारको तुलनमा भने झण्डै १२ करोड कम हो ।
वाणिज्य बैंक, विकास बैंक, जलविद्युत र अन्य समुह उकालो लागेको बजारमा होटल, वित्त र बीमा समुह झरेका छन् । कारोबारमा सबैभन्दा धेरै चाप भने माछापुछ्रे बैंकमा देखिएको छ । ५० प्रतिशत हकप्रद सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि यो बैंकको कारोबार उच्च भएको हो। माछापुछ्रेको दश करोड बढीको सेयर किनबेच भएको छ । मुक्तिनाथ विकास बैंकको पनि साढे ६ करोड बढीको कारोबार भयो । ३४ प्रतिशत बोनसपछि फेरी ४० प्रतिशत हकप्रद घोषणा गरेपछि बैंकको कारोबार तथा सेयर मुल्य समेत बढेको हो । कुमारी, विओकेल र शिखर इन्स्योरेन्सको पनि ३ करोड बढीको कारोबार भयो ।
जनउत्थान सामुदायिक लघुवित्तका सेयरधनीले विहिबार पनि दशप्रतिशतका दरले कमाएका छन् । भिवोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेन्ट गाभिएर आजै बाट सेयर कारोबारमा आएको भिवोर सोसाईटीको पनि सेयरमूल्य दश प्रतिशतकै हाराहारीमा बढेको छ । सिभल बैंक र सृजना फाइनान्सका लगानीकर्ता पनि धेरै कमाउनेमा परेका छन् । मिर्मिरे माइक्रोफाइनान्स, लुम्बिनी फाइनान्स, गुह्ेश्वरी मर्चेन्ट देव विकास बैंक लगायत लगायत कम्पनीका लगनाीकर्ता धेरै गुमाउनेमा परेका छन् ।
...................................................................................................................................................................
डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।