एनआईसी एशिया बैकको आक्रामक विस्तार योजना, यसै बर्ष ४० शाखा थपिने

Oct 28, 2016 Merolagani

सोम डोटेल
एनआईसी एशिया बैक(NICA)ले कारोवार विस्तारको आक्रामक योजना अघि सारेको छ । बैकले यसै आर्थिक वर्ष भित्र ४० वटा शाखा विस्तार गर्ने र कारोवारको आकार व्यापक वनाउने रणनीति अख्तियार गरेको छ । बैंक पनि, साथी पनि भन्ने नाराका साथ उसले जनतासँग अझै नजिक भएर आफ्ना अत्याधुनिक सेवाहरु बिस्तारको प्रयास गर्दैछ । 

शाखा विस्तार गर्ने क्रममा यसै साता मात्रै बैकले मोरङ्गको उर्लावारी र विराटनगरमा गरी दुईवटा शाखा विस्तार गरेको छ । आक्रामक प्रचार रणनीति अंगालेर एनआईसीले नौला खाले बचत तथा कर्जा योजनाहरु पनि ल्याईरहेको छ । खासगरी बैकिड. सेवाको ब्राण्डिड.मा उसको ध्यान गएको देखिन्छ । सस्तो ब्याज दरमा घरजग्गा र गाडी जस्ता चलनचल्तीका कर्जाहरु त हुने नै भए । एनआईसीले सेयर धितो कर्जा परिचालनलाई पनि उच्च महत्व दिएको छ । 

एनआईसी एशिया बैंकमा ७५ शाखाहरु र एक हजार दुई सय भन्दा बढी कर्मचारी छन् । ६९ वटा एटीएम मसिनहरु संचालनमा छन् । बैंक अफ एशियासँग मर्ज भएपछि उसको शाखा संजाल र कर्मचारी संख्या बढेको हो र त्यसलाई अझै बिस्तार गरेर लाखौ जनतालाई अत्याधुनिक बैंकिड. सेवा दिने सोच बैंकको छ ।

एनआईसी एशिया फाउन्डेशनमार्फत संस्थागत सामाजिक उत्तरदायित्व पनि उसले प्रभावकारी रुपमा निर्बाह गरिरहेको छ । दर्जनौ शैक्षिक तथा सामाजिक संस्थाहरु एनआईसी एशिया बैंकको सहयोगबाट लाभान्वित भएका बैंकका सूचना अधिकारी भानु दवाडी बताउँछन् । कम्पनीको बार्षिक नाफाको ०.५ प्रतिशत नाफा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खर्च गर्न छुट्याईने गरेको उनको भनाई छ ।

एनआईसी एशिया बैंकले गत बर्ष उल्लेखनीय रुपमा बोनस र हकप्रद सेयर जारी गरी चुक्ता पूँजी पाँच अर्ब ८१ करोड पुर्याएको छ । एनआईसीको यस आर्थिक बर्षको पहिलो त्रैमासको बित्तीय बिबरण अनुसार ७२ अर्ब निक्षेप संकलन गरेर ६१ अर्ब कर्जा परिचालन गरिएको छ । संचालन नाफा ७८ प्रतिशतले बढेको छ । ७३ प्रतिशतले खुद नाफा बढाएर बैंकले २६ करोड रुपैयाँ त्रैमासिक अबधिमा कमाएको छ । झण्डै ५० प्रतिशतले निस्क्रिय कर्जा घटाउन सकेको बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।