छिमेक लघुवित्तले प्रस्तुत गर्यो बोनस सेयरबाटै लगानीकर्ताको मन जित्ने उदाहरण

Oct 28, 2016 Merolagani

छिमेक लघुवित्त(CBBL)ले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई ४० प्रतिशत बोनस र १२.७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको कात्तिक ११ गते बसेको बैठकले सो लाभांश प्रस्ताव गरेको प्रेस बक्तब्यमा जनाईएको छ ।

५९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको ४० प्रतिशत बोनस जारी गरेपछि ८३ करोड नाघ्ने छ । बैंकले गत आर्थिक बर्षमा ४७ करोड २६ लाख रुपैयाँ कमाएर प्रति सेयर आम्दानी ७९ रुपैयाँ ३४ पैसा कायम गरेको थियो । लघुवित्तहरुमा छिमेक चुक्ता पूँजी धेरै भएको दोस्रो ठूलो कम्पनी हो । 

छिमेक ग्रामिणस्तरमा लघु कर्जा प्रबाह गर्ने र देशब्यापी कार्य क्षेत्र भएको लघुवित्त बैंक हो । यस बैंकले चुक्ता पूँजी यथेष्ट भए पनि त्यसलाई अझै बढाउँन र कारोबार बिस्तार गर्न बोनस सेयरमा जोड गरेकाले लगानीकर्ताहरु उत्साहित हुने आँकलन गर्न सकिन्छ । छिमेकले पूँजी धेरै हुँदैमा बैंकले गर्ने नाफा र लगानीकर्ताहरुलाई बाँडिने प्रतिफल कम हुँदैन भन्ने उदाहरण पनि पेश गरेको छ ।

 

 

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।