महोत्तरीको बर्दिबासमा सिटिजन्स बैंक

Oct 28, 2016 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले बर्दिवासमा शाखा सञ्चालनमा ल्याएको छ । बर्दिबास १ मा रहेको तत्कालिन प्रिमियर फाइनान्सको शाखालाई स्थानान्तर गरी बैंकले बर्दिवास २ मा सिटिजन्स बैंकको शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ भवनबाट सो शाखाको आरम्भ गरेका छन् । बर्दिवास शाखा लगायत जनकपुर शाखा, गौशाला शाखा तथा चरिकोट शाखा गरि बैंकको जनकपुर अंचलमा चारवटा शाखाहरु संचालनमा आएका छन् ।

बैंकको देशभरी ५८ वटा शाखा, ५१ वटा ए.टि.एम. काउन्टर र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट झण्डै ४ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ५ लाख रुपैंया खुद नाफा कमाएको बैंकले झण्डै ५० अर्ब निक्षेप संकलन गरी ४४ अर्ब कर्जा प्रवाह गरेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।