सिविआईएल क्यापिटलको ब्राण्ड एम्बेसडर बने क्याप्टेन विजय लामा

Oct 28, 2016 Merolagani

सिविआइएल क्यापिटलले आफ्नो ब्राण्ड एम्बेसडरमा क्याप्टेन विजय लामालाई नियुक्त गरेको छ । कम्पनिको संचालक समितिको बैठकले लामालाई ब्राण्ड एम्बेसडर नियुक्त गर्ने निर्णय गरेसँगै उक्त सम्बन्धमा सम्झौता पनि भएको छ । साथै क्यापिटलले सिटिजन्स बैंकका सबै शाखाबाट लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर) सेवा पनि सुरु गरेको छ ।

क्यापिटलद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित नाम श्री क्यापटेन विजय लामाद्धारा यस कम्पनिको ब्राण्ड एम्बेस्डरको रुपमा रहने गरि कम्पनी र उहांबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उहांद्धारा यस कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः लगानी व्यवस्थापन सेवाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार तथा प्रवद्र्धन गरिनेछ ।’

सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी रहेको सि.वि.आई.एल. क्यापिटलले देश भरीका बैंकका सबै शाखाहरुबाट लगानी व्यवस्थापक (पोर्टफोलियो म्यानेजर)को काम पनि सुरु गरेको छ । यसबाट काठमाडौं बाहिरका लगानी कर्ताहरुले पूँजीबजारमा प्रत्यक्ष रुपमा सहभागी भै लगानी गर्ने क्रममा भोग्दै आएको समस्या न्युनिकरण हुने विश्वार क्यापिटलले लिएको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।