जनता बैंकमा त्रिबेणी बिकास बैंक गाभिने सम्झौता, स्वाप रेसियो कति ?

Oct 28, 2016 Merolagani

आठ अर्ब चुक्ता पूँजी पुर्याउने ठोस खाका बनाउन नसकेको जनता बैंक(JBNL)ले त्रिबेणी बिकास बैंक(TBBL)लाई गाभ्ने भएको छ । सो सम्बन्धी समझदारी पत्रमा शुक्रबार साँझ दुबै बैंकका अधिकारीहरुबीच  हस्ताक्षर भएको छ । मर्जरको प्रारम्भिक समझदारी भएको र कात्तिक १८ गतेदेखि दुबै बैंकको कारोबार रोकिने संयुक्त मर्जर कमिटीका सहसंयोजक तथा त्रिबेणी बिकास बैंकका संचालक गौतमप्रसाद खनालले बताउनु भयो ।

 उहाँले डीडीएबाट आउने निचोडलाई पनि ध्यान दिने गरी दुबै बैंकको सेयर स्वाप रेसियो एक बराबर एक नै हुने समझदारी भएको समेत मेरोलगानी डटकमलाई जानकारी दिनुभयो ।

जनता बैंकले हाल ५० प्रतिशत हकप्रदका लागि सेयरधनी दर्ता किताब बन्द गरेर मंसिर १ गतेदेखि सेयर बिक्री गर्दैछ । यसपछि उसको चुक्ता पूँजी तीन अर्ब ९ करोड हुनेछ । बिगतका बर्षहरुको खुद नाफाबाट उसले हकप्रद पहिलेको पूँजीमा १८ प्रतिशतको हाराहारीमा बोनस सेयर दिनसक्छ ।

त्रिबेणीले भने हाल कायम ८२ करोड चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद जारी गर्न प्रक्रिया अघि बढाएको छ । उसले हकप्रद भन्दा पहिलेको चुक्ता पूँजीमा १९ प्रतिशत हाराहारीमा बोनस जारी गर्ने भएको छ । दुबै बैंकको चुक्तापूँजी जोड्दा मर्जपछि चार अर्ब ९० करोड हाराहारीमा पुग्नेछ भने बाँकी तीन अर्ब १० करोड पूँजी जुटाउन चालु आर्थिक बर्षको खुद नाफा बढाउने र अरु कम्पनीहरुलाई मर्ज वा एक्विजिशन गरी ल्याउने बिकल्प खुला नै राखिएको छ । मर्जरका लागि केही संस्थाहरुसँग कुराकानी जारी नै रहेको बुझिएको छ ।

माछापुच्छ्रे बैंकले गाभ्न अश्वीकार गरेपछि जनता बैंक पूँजी बृद्धिको विकल्प र मर्जरमा जाने साझेदारको खोजीमा भौतारिएको थियो । मर्जरको साझेदार पाएपछि जनता बैंक अरु बलियो बन्ने र थप पूँजी जुटाउन सहज हुने अपेक्षा गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।