सहारा विकास बैंक र लक्ष्मी लघुवित्तको हकप्रद भर्न छुट्यो कि ? आज अन्तिम दिन

Nov 03, 2016 merolagani

सहारा विकास बैंक (SHBL)को डेढ सय प्रतिशत हकप्रद तथा लक्ष्मी लघुवित (LLBS) को शतप्रतिशत हकप्रद सेयरका लागि आवेदन दिने समयसिमा आज सकिदैछ । दुवै कम्पनीले गत असोज १४ गतेबाट हकप्रद बिक्री खुला गरेका थिए । सहाराको ग्लोबल आइएमई र लक्ष्मी लघुवित्तको एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेका छन् ।

सहारा विकास बैंकको डेढ सय प्रतिशत हकप्रद

सहारा विकास बैंकले डेढ सय प्रतिशत अर्थात एक सय कित्ता बराबर १५० कित्ता हकप्रद शेयर जारी गरेको हो । भदौ २२ गतेसम्म कायम बैंकका शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन् । यो बैंकको हकप्रद भर्ने आज (कात्र्तिक १८ गत ) अन्तिम दिन हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई र सहारा विकास बैंकका सबै शाखाकार्यालय मार्फत आवेदन दिन पाउनेछन् ।

बैकले ३ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ५४ हजार कित्ता शेयर जारी गरेको हो । हाल बैंकको २ करोड ३६ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । हकप्रद निष्काशन पश्चात चुक्तापुँजी ५ करोड ९० लाख रुपैयाँ पुग्नेछ । तीनजील्ले विकास बैंकले ०७४ असारसम्म ५० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने हुन्छ । जसका लागि बैंकले २५ करोड ७८ लाख चुक्तापूँजी भएको सहयोगी विकास बैंकसँग मर्जरमा जाने सम्झौता गरिसकेको छ ।

 लक्ष्मी लघुवित्तके शतप्रतिश हकप्रद 

त्यस्तै लक्ष्मी लघुवित्तको पनि आजैबाट १ बराबर १ कित्ता हकप्रद शेयर बिक्री बन्द हुदै छ । असोज १४ गतेदेखि खुलेको हकप्रदमा भदौ २६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । आज कार्तिक १८ गते यो कम्पनी पनि हकप्रद भर्ने अन्तिम दिन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । गत आर्थिक वर्षमा ६ करोड २४ लाख ४६ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तको प्रतिशेयर आम्दानी ५६ रुपैंया ७७ पैसा रहेको छ ।

..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 
comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।