लाईफ इन्स्योरेन्स कर्पाेरेशनलको नाफा ४८ प्रतिशतले घट्यो

Nov 04, 2016 merolagani

लाईफ इन्स्योरेन्स कर्पाेरेशन (LICN) ले चालु आर्थिक पहिलो त्रैमासमा ८५ लाख रुपैयाँँ खुद मुनाफा कमाएको छ । कम्पनीले अपरिष्कृत विवरण सार्वजनिक गर्दै सो नाफा देखाएको हो । जुन गतबर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशत भन्दा कम हो । गत वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीको आम्दानीको अनुपातमा खर्च बढेपछि नाफा प्रभावित भएको हो । कम्पनीको विमा शुल्क आर्जन भनेको बढेको छ साथै भुक्तानी समेत दोब्बर भएको छ ।

यसअवधि कम्पनीले २ करोड ३२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ भने १ करोड ४६ लाख रुपैयाँ खर्च गरेको छ । गतबर्षको तुलनामा कम्पनीको आम्दानी १७ प्रतिशतले घटेको छ भने खर्च २७ प्रतिशतले बढेको छ ।

१ अर्ब ६ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडा तथा कोषमा १८ करोेड ८५ लाख रुपैयाँ र जीवन बीमाकोषमा २८ अर्ब ४० करोड १७ लाख रुपैयाँ राखेको छ । कम्पनीले महाविपत्ती जगेडामा ५ करोड ६० लाख रुपैयाँ जम्मा गरेको छ ।

कम्पनीले यस अबधीमा बीमा शुल्कबापत १ अर्ब ८१ करोड ५१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो बर्षको यसैअवधिको तुलनामा ४४ करोड बढी हो ।त्यस्तै २५ करोड ४४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गतबर्षको यसैअवधिमा १२ करोड २९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले अझै २३ करोड रुपैयाँ बराबरको दाबी भुत्तानी गर्न बाँकी देखाएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी शुन्य दशमलव ८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४ सय २९ गुणा र प्रतिशेयर नेटवर्थ १ सय १७ दशमलव ५४ रुपैयाँ रहेको छ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।