नेको ईन्स्योरेन्सलाई १०० प्रतिशत हकप्रद जारी गर्न ईक्राको ग्रेड थ्री रेटिड., अब कहिले पाउला धितोपत्र बोर्डको अनुमति ?

Nov 06, 2016 Merolagani

शत प्रतिशत हकप्रद जारी गर्ने अनुमति पाउन नेपाल धितोपत्र बोर्डमा आबेदन दिएर लामो समयसम्म रोकिएको नेको ईन्स्योरेन्स(NIL)लाई अब भने बाटो खुल्नै लागेको छ । ईक्रा नेपालले कम्पनीको हकप्रदलाई ग्रेड थ्री रेटिड. दिएपछि अब धितोपत्र बोर्डले पनि चाँडै नै नेकोलाई हकप्रद जारी गर्न स्वीकृति दिनसक्ने संभावना बढेको छ । नेकोले ईक्राले गरेको पुरानो रेटिड. प्रतिबेदन बोर्डमा पेश गरेकाले उसको स्वीकृति रोकिएको थियो ।

धितोपत्र बोर्डले राष्ट्र बैंकको पूँजी बृद्धि योजनामा सघाउन नेटवर्थ धनात्मक भएका बैंक तथा बित्तीय संस्थाहरुलाई हकप्रद वा साधारण सेयर जारी गर्न ईक्राको रेटिड. आबश्यक नपर्ने गरी छुट दिए पनि अन्य कम्पनीहरुलाई भने अनिबार्य गरेको छ । नयाँ  ईक्रा रेटिड.को अभावमा नेकोको आबेदनमा दिईएको प्रतिक्रियामा कुनै जवाफ नआएको धितोपत्र बोर्डले कैफियतमा जनाएको थियो ।

ईक्रा नेपालले नेकोको १०० प्रतिशत हकप्रदलाई दिएको ग्रेड थ्री रेटिड.ले उसको अबस्था औसत भएको देखाउँछ । ईक्राले कम्पनी संचालनको ईतिहास, राष्ट्रिय बाणिज्य बैंकको २० प्रतिशत हिस्सेदारीसहित आर्थिक आधारमा बलिया र अनुभवी संस्थापक र ब्यवस्थापकहरु रहेको, पुनर्बिमा राम्रो हुनुका कारणले गएको सालको भुकम्पको दावी भुक्तानीमा कम भार बोक्नु परेको, २३ शाखाको पुर्वाधार र समग्र बिमा कम्पनीको प्रिमियममा यसको अंश ६ प्रतिशत रहेको कुरालाई उल्लेख गरेको छ । कम्पनीमा गैर आवासीय नेपाली उपेन्द्र महतो समूहको पनि २० प्रतिशत हिस्सेदारी रहेकोे छ ।

ईक्रा नेपालले नेकोलाई दिएको ग्रेड थ्री रेटिड. हेर्न यहाँ जानुहोस् ।

कम्पनीको बिमा ब्यवसायमा ५७ प्रतिशत गाडी बिमा, ३५ प्रतिशत अग्नि र बाँकी अन्य छन् । कम्पनीले ब्यवसाय बिस्तारका साथै जोखिम ब्यवस्थापनका उपायहरु अबलम्बन गर्न ईक्राले सुझाव दिएको छ ।

कम्पनीको चुक्ता पूँजी हाल ३२ करोड ४० लाख रुपैयाँ रहेकोमा हकप्रद जारीपछि ६४ करोड ८० लाख नाघ्ने छ । कम्पनीले गत बर्षको खुद नाफाबाट हालै प्रस्ताव गरेको २० प्रतिशत बोनस सेयर हकप्रदकोे स्वीकृति पाउनु भन्दा अगाडि वा पछाडि जारी हुने भन्ने कुरा भने स्पष्ट भईसकेको छैन । कम्पनीले गत आर्थिक बर्षमा ९ करोड २१ लाख रुपैयाँ नाफा गरी प्रति सेयर आम्दानी ३८ रुपैयाँ ९१ पैसा कायम गरेको थियोे । गत बर्षको चोथो त्रैमासिक बित्तीय बिबरण अनुसार उसको प्रति सेयर नेटवर्थ २०५ रुपैयाँ रहेको छ ।

अन्य आधारभुत अबस्था बिश्लेषण नगरी हकप्रदकै बहानामा उचालिएर सेयर किन्नु चाँही त्यति फाईदाजनक नहुनसक्छ । तर अरु बिमा कम्पनीहरुको अबस्था र सेयर मूल्य तुलना गर्दा नेकोको सेयर पहिले सस्तोमा किनेर बसेकाले प्रस्तावित बोनस र हकप्रदबाट राम्रै फाईदा पाउनसक्छन । सिद्धार्थ ईन्स्योरेन्सले पनि २५ प्रतिशत हकप्रदको लागि अनुमति पाउन धितोपत्र बोर्डमा आबेदन दिएर बसेको अबस्थामा नेकोेले चाँडै स्वीकृति पाएमा यस बर्ष बिमा कम्पनीतर्फ सबैभन्दा पहिले हकप्रद जारी गरेर बाजी मार्नसक्छ ।

बिमा समितिले बिमा कम्पनीहरुलाई पुस मसान्तसम्ममा अनिबार्य रुपमा साधारण सभा गर्न निर्देशन दिएको अबस्था बिचार गर्दा सबैभन्दा पहिले लाभांश प्रस्ताव गरेका कम्पनीहरुले चाँडै साधारणसभा गर्नसक्ने अबस्था छदैछ । त्यसमाथि बिमा कम्पनीहरुको पूँजी बृद्धिको संभावित परिणाम समेतलाई ध्यानमा राख्दा एक अर्ब रुपैयाँको हाराहारीमा पूँजी पुर्याउन निर्जिवन बिमा कम्पनीहरुबीचमा अघोषित प्रतिस्पर्धा नै चल्न थालेको भान हुन्छ ।

यो समाचारलाई अनुमति बिना अरु मिडियाले प्रयोग नगर्नुहोला । 

यी समाचारहरु पनि हेर्नुहोस् । 

नेको ईन्योरेन्स र भार्गव विकास बैंकले २०/२० प्रतिशत बोनस दिने

धितोपत्र बोर्डमा किन रोकिए यी छ कम्पनीको हकप्रद स्वीकृति ?

निर्जिवन बिमा कम्पनीहरुका बारेमा अझ राम्ररी बुझ्नुहुन्छ ? दाबी भुक्तानी बाँकीको अबस्था अध्ययन गर्नुहोस्

....................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।