शुभेच्छालाई गाभेको गरिमाले पहिलो त्रैमासमा साढे चार करोड कमायो,प्रतिसेयर आम्दानी १७ रुपैयाँ

Nov 06, 2016 merolagani

गरिमा विकास बैंक (GBBL) ले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गतबर्षको यसै अवधिको तुलनामा ६२ प्रतिशतभन्दा बढी हो । शुभेच्छा विकास बैंकलाई गाभेर गत असोज ४ देखि एकीकृत कारोबार थालेको बैंकले प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा देखाएको छ ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा विकास बैंक र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक एकआपसमा गाभिएर गरिमा विकास बैंक बनेको हो । बैंकले गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेको थियो ।

बैंकले आफ्नो व्याजदरमा बृद्धिगरेसँगै नाफामा बृद्धि भएको हो । १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको सो बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ ।बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ ।

यसअवधिमा बैंकको खराब कर्जा भने केही बढेको छ । २ करोड ७७ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकको शुन्य दशमलव ६६ प्रतिशत खराब कर्जा रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ । मुल्य आम्दनी अनुपात २०.५५ गुणा, प्रतिसेयर नेटवर्थ १४६.८९ रुपैयाँ रहेको छ । मर्जर पश्चात एकिकृत कारोबार थालेपनि बैंकको नेप्सेमा कारोबार भने खुलेको छैन ।

..............................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।