मुक्तिनाथको ५० प्रतिशत हकप्रदले ३४ प्रतिशत बोनस सेयर पाउँदैन

Nov 07, 2016 Merolagani

नेपालको सेयर बजार हल्लाको बजार हो र यहाँ अनेक कुनाबाट चलाईने हल्लाहरुमै लगानीकर्ता रुमल्लिने गरेका छन् भन्ने कुराको प्रमाण मुक्तिनाथ बिकास बैंक(MNBBL)को बारेमा सामाजिक संजालका समूहहरुमा ब्याप्त हल्लाले प्रमाणित गर्दछ । तर त्यस्ता हल्ला चलाउनेहरुले  स्पष्ट भएहुन्छ-अहिले आबेदन गरिएको ५० प्रतिशत हकप्रदले ३४ प्रतिशत बोनस सेयर पाउँदैन । 

मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर घोषणा गरी राष्ट्र बैंकबाट स्वीकृति पाएर कार्तिक २४ गते सेयरधनी दर्ता किताब बन्द र मंसिर ४ गते साधारणसभा आब्हान गरेको छ । कम्पनीले कार्तिक २३ गतेसम्म सेयर किन्नेले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने स्पष्ट रुपमा सूचनामा उल्लेख गरेको छ । कम्पनीले जारी गरेको ५० प्रतिशत हकप्रद भर्ने म्याद भने कार्तिक २५ गतेसम्म रहेको छ ।

सामाजिक संजालमा केही समूहहरुमा मुक्तिनाथको ५० प्रतिशत हकप्रद भर्नेले समेत प्रस्तावित बोनस पाउने र बोनस सेयर २२.६ प्रतिशत मात्र कायम हुने हल्ला चलाएका छन् । हकप्रद सेयर भर्ने म्याद नै कार्तिक २५ गतेसम्म रहेकाले कस कसले हकप्रद भर्छन भन्ने यकिन अहिले नै हुनसक्दैन भने त्यसरी हकप्रद भर्नेले बोनस सेयर पाउने प्रश्नै आउँदैन ।

मुक्तिनाथले साधारणसभाको सूचनामै स्पष्ट रुपमा भनेको छ:

 

मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी भरत ढकालले हकप्रदको आबेदन गर्ने म्याद २५ गतेसम्म रहेको र त्यो बाँडफाँड नभईसकेको अबस्थामा कसैले चाहेर पनि हकप्रदलाई बोनस सेयरमा हिस्सेदार बनाउन नमिल्ने स्पष्ट पार्नुभयो । उहाँले ३४ प्रतिशत बोनस सेयरको मात्रामा थपघट हुने कुनै संभावना नभएकाले गलत रुपमा चलाईएका हल्लामा नलाग्न सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।

मुक्तिनाथको सेयर रजिष्ट्रार एनआईबीएल क्यापिटलका डीजीएम कबिन्द्रध्वज जोशीले नेपाल स्टक एक्सचेन्जमा मूल्ल्य समायोजन हुँदा प्रतिशत कम हुने तर ५० प्रतिशत हकप्रदले बोनस सेयर नपाउने पक्का हो भन्नुभयो । उहाँले कार्तिक २५ गतेसम्ममा हकप्रदको आबेदन दिनसकिने र मंसिर ४ गते साधारणसभासम्ममा हकप्रद सेयर बाँडफाँड नै नभईसक्ने हुनाले हकप्रदले बोनस पाउँछ भन्ने गलत हल्लामा नलाग्न अपील गर्नुभयो ।

 गलत हल्ला चलाउनेहरुबाट सतर्क भएर सर्बसाधारण लगानीकर्ताले आफ्नो निर्णयमा जोखिम आँकलन गरी सेयर किनबेच गर्नुपर्ने देखिएको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।