कैलाश र मितेरीको नाफामा उल्लेखीय बढोत्तरी,प्रतिसेयर आम्दानी कति ?

Nov 07, 2016 merolagani

तीन कम्पनी गाभिएर बनेको कैलाश विकास बैंक (KBBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा गतबर्षको यसै अवधिको तुलनामा १५५ प्रतिशतले नाफा बढाएको छ । यस्तै मितेरी डेभलपमेन्ट बैंक (MDB)ले पनि गत आर्थिक बर्षको यसैअवधिको तुलनामा करिब ५५ प्रतिशतले नाफा बढाएको छ ।

कैलाशको  मुनाफा १३ करोड

कैलाश विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड १ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा झण्डै १५५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको खुद व्याज आम्दानी, संचालन मुनाफा बढेपछि नाफामा बढोत्तरी आएको हो । शुन्य दशमलव ९८ प्रतिशत खराब कर्जा देखाएको बैंकले प्रोभिजनमा ३ करोड १९ लाख रुपैयाँ राखेको छ भने १ करोड ७२ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

एक अर्ब ५८ करोड चुक्तापूँजी भएको बैंकले हालसम्म १५ अर्ब ३३ करोड ३४ लाख रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ७२ करोड ३८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । कैलाश विकास बैंक, मेट्रो डेभलपमेन्ट बैंक र नेपाल एक्सप्रेस फाईनान्स गाभिएर बनेको हो ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३२ दशमलव ९६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक १९ दशमलव २४ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ६२ दशमलव ९३ रुपैयाँ र तरलता अनुपात २३ दशमलव ६२ प्रतिशत रहेको छ ।

मितेरीको नाफा २ करोड ५८ लाख, प्रतिशेयर आम्दानी ३७ रुपैयाँ

यस्तै मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको नाफा गत आर्थिक बर्षको यसैअवधिको तुलनामा करिब ५५ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १ करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२७ करोड ४६ लाख रुपैयाँ चुक्ता पुँजीको बैंकले १० करोड २६ लाख रुपैयाँ जगेडाकोष राखेको छ । यसअवधिमा बैंकले २ अर्ब ३० करोड रुपैयाँ निक्षेप संकलन गरेर २ अर्ब ६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गतबर्ष ५० प्रतिशत हकप्रद बेचेर चुक्तापूँजी बढाएको हो ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक ३७ दशमलव ६४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २२ दशमलव २१ गुणा, प्रतिशेयर नेटवर्थ १ सय ३७ दशमलव ३७ रुपैयाँ, तरलता अनुपात २६ दशमलव ४९ प्रतिशत रहेको छ । बैंकको निस्कृय कर्जा शुन्य दशमलव १२ प्रतिशत रहेको छ भने जोखिम युक्त सम्पत्ति १६ दशमलव ४५ प्रतिशत रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।