“आईएमई हात हुँदैन खाली” योजना अन्तर्गतका विजेतालाई उपहार प्रदान

Nov 07, 2016 merolagani

रेमिटेन्स कम्पनी आईएमईले विजया दशमी (२०७३) मा ल्याएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक योजना अन्तर्गत सबै हप्ताका भाग्यशाली विजेताहरूलाई उपहार प्रदान गरेको छ । मलेसिया, कतार र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राहीहरु तिलक बहादुर श्रेष्ठ, सुरेन्द्रप्रसाद थारु, आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठले युएम पावर म्याक्स स्कुटी जितेका छन् ।



आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख–बजार तथा व्यापार प्रवद्र्वन ड्यानिल दास श्रेष्ठ र ब्राण्ड एम्बासडर दीपकराज गिरीद्धारा संयुतm रुपमा बिजेताहरूलाई उपहारस्वरूप चार थान युएम पावर म्याक्स स्कुटी प्रदान गरे ।

विजेताको सिफारिसमा लाल बहादुर श्रेष्ठ, भीम बहादुर चौधरी, भीमप्रसाद खड््का र हरि लक्ष्मी श्रेष्ठलाई क्रमशः प्रथम, दोस्रो, तेस्रो र चौथो हप्ताको लागि एक/एक थान युएम पावर म्याक्स स्कुटी प्रदान गरिएको हो ।

कम्पनीले यहि आश्विन १ गते देखि ३०, सम्म संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा १४९ आईएमई सेन्टर सहित ५,२०० सयभन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका देशभरि फैलिएका विभिन्न शाखाका लाखौं सेवाग्राहीहरू सहभागी भएका थिए ।

योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले विभिन्न मर्चेन्डाईज निश्चित उपहारस्वरूप पाउने व्यवस्था मिलाईएको थियो । निश्चित उपहारका अतिरिक्त दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले छ सय चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटी उपहारस्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।