बिकास बैंकहरु मध्येमा सबैभन्दा धेरै बोनस सेयर दिने घोषणा गरेको मुक्तिनाथको ३४ प्रतिशत बोनस सेयर हाल आबेदन गरिएको ५० प्रतिशत हकप्रद सेयरले भने नपाउने कम्पनीको सेयर रजिष्ट्रार एनआईबीएल क्यापिटलले जनाएको छ । हकप्रदको आबेदन गर्ने मिति पर्सी कार्तिक २५ गतेसम्म रहेको छ ।
मुक्तिनाथले ३४ प्रतिशत बोनस सेयर जारी गरेपछि फेरि ४० प्रतिशत हकप्रद ल्याउने प्रस्ताव पारित गर्न मंसिर ४ गते पोखरामा दर्शौ बार्षिक साधारणसभा बोलाएको छ ।
मुक्तिनाथले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा झण्डै १० करोड रुपैयाँ कमाएको छ । बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासको तुलनामा ४५ प्रतिशतले खुद नाफा बृद्धि गरी ९ करोड ९७ लाख कमाएको हो ।
बैंकले प्रति सेयर आम्दानी बार्षिकीकरणको हिसाबले ३८ रुपैयाँ ३३ पैसा कमाएको देखाएको छ । निक्षेप संकलन र कर्जा परिचालनलाई तीब्र रुपमा बिस्तार गरेको बैंकले ब्याज आम्दानी झण्डै सात करोडले बढाएको छ भने संचालन मुनाफा पाँच करोडले बढेको छ ।
मुक्तिनाथले क्रमबद्ध प्रगति गर्नसक्नुको रहस्य राष्ट्रियस्तरको बिकास बैंकको रुपमा कारोबार बिस्तार गर्नु, संस्थागत सुशासन राम्रो हुनु साथै लघुबित्तको कामलाई पनि उत्तिकै महत्व दिनु हो । उसले निस्क्रिय कर्जाको अनुपातलाई गत बर्षको पहिलो त्रैमासको तुलनामा घटाएर ०।१८ प्रतिशत कायम गरे पनि अघिल्लोे त्रैमासको भन्दा बढेको छ । कर्जा जोखिम वापतको रकम पनि बढाईएको छ ।
मुक्तिनाथ क्रमबद्ध रुपमा राम्रो प्रगति गर्दै गएको बिकास बैंक भए पनि उचालिएर धेरै महंगोमा सेयर किन्नु भने फाईदाजनक नहुनसक्छ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।