त्रिवेणी विकास बैंकको ५० प्रतिशत हकप्रद खुल्यो, लक्ष्मी लघुवित्तको भर्ने अन्तिम दिन

Nov 08, 2016 merolagani

जनता बैंकसँग मर्जरको प्रक्रियामा रहेको  त्रिवेणी विकास बैंक (TBBL) ले ५० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । बैंकले ४१ लाख ७६ हजार कित्ता हकप्रद जारी गरेको हो । साथै आजैबाट लक्ष्मी लघुवित्त (LLBS) को हकप्रद बिक्री बन्द हुदैछ । लक्ष्मी लघुवित्तले गत असोज १४ गतेदेखि  शतप्रतिशत हकप्रद बिक्री खुला गरेको थियो ।



त्रिवेणी विकास बैंकले एक सय रुपैंयाका अंकित दरका ४१ लख ७६ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । बैंकको दुई कित्ता सेयर हुनेले एक कित्ताका लागि आवेदन दिन पाउनेछन् । त्रिवेणीको हकप्रदमा कात्तिक २३ देखि मंसिर २७ गतेसम्ममा आवेदन दिन सकिने बैंकले जनाएको छ । असोज ३० गतेसम्म कायम बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एस क्यापिटल रहेको छ । शेयरधनीले एक क्यापिटलको कार्यालय लालदरबार, त्रिवेणी विकास बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु, एस डेभलपमेण्ट बैंकको मुख्य कार्यालय तथा सबै शाखा कार्यालयहरु र महालक्ष्मी विकास बैंकको महेन्द्रनगर र धनगढी शाखाबाट हकप्रदको आवेदन दिन सक्नेछन् ।

८२ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी १ अर्ब २४ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस दिने प्रस्ताव पनि गरिसकेको छ । बोनस समेत बितरण गरिसक्दा बैंकको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । साथै बैंकले केही दिन अगाडि मात्रै जनताबैंकसग मर्जरमा जाने सहमति समेत गरिसकेको छ ।

जनता बैंकमा त्रिबेणी बिकास बैंक गाभिने सम्झौता, स्वाप रेसियो कति ?

 

लक्ष्मी लघुवित्तले हकप्रद भर्ने आज अन्तिम दिन

लक्ष्मी लघुबित्त वित्तीय संस्थाले निष्कासन गरेको हकप्रद सेयर बिक्री आजबाट बन्द हुदैछ । यसअधि कम्पनीले हकप्रद भर्ने म्याद ५ दिन थपेर कात्तिक २३ गतेसम्म पुर्याएको थियो

कम्पनीले गत असोज १४ गतेदेखि एक सय रूपैयाँ अंकित मूल्यको ११ लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । भदौ २६ गतेसम्म कायम कम्पनीका शेयरधनीले मात्र आवेदन हकप्रद सेयरका लागि दिन पाउनेछन् ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।लगानीकर्ताले एनएमबि क्यापिटल, एनएमबि बैंकका शाखाकार्यालय तथा लक्ष्मी क्यापिटल मार्फत आवेदन दिन पाउनेछन् ।

अहिले ११ करोड चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ । आजै चालु आर्थिक बर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको कम्पनीले पहिलो त्रैमासमै २ करोड ४८ लाख खुद मुनाफा देखाएको छ भने प्रतिसेयर आम्दानी ९० रुपैयाँ कायम गरेको छ ।

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।