मुक्तिनाथ विकास बैंक र गुहेश्वरी मर्चेण्टको ५० प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन

Nov 10, 2016 merolagani

मुक्तिनाथ विकास बैंक (MNBBL) र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) को हकप्रद सेयरको बिक्री आजेदेखि बन्द हुँदैछ । दुवै कम्पनीले ५०/५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेका थिए । दुवै कम्पनीले गत आश्विन २१ गतेदेखि हकप्रद बिक्री खुला गरेका थिए ।



मुक्तिनाथ विकास बैंकले राष्ट्र बैंकले तोकेको पूँजी वृद्धि गर्नका लागि गत असोज २१गतेदेखि ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । भदौ २९ गते सम्म कायम बैंकका सेयरधनीले मात्र हकप्रदका लागि आवेदन दिन पाउनेगरी बैंकले एक सय रुपैयाँ अंकित दरका ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।

बैंकको हकप्रदमा कात्तिक २५ गतेसम्म आवेदन गर्न सकिनेछ । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । बैंकको हकप्रदमा एनआइबिएल क्यापिटल तथा बैंकका सबै शाखा कार्यालयहरु मार्फत आवेदन गर्न सकिनेछ ।

आफैं चुक्ता पूँजी अढाई अर्ब पुर्याउने लक्ष्य सहित बैंकले ४१ लाख ९२ हजार १६३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । बैंकको अहिले ८४ करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २६ करोड रुपैंयाको हाराहारीमा पुग्नेछ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ३४ प्रतिशत बोनस बितरणको प्रस्ताव आगामी साधारणसभामा लैजादै छ । साथै त्यसपछि ४० प्रतिशत हकप्रद बिक्री गर्ने योजना पनि बैंकले अघि सारेको छ ।

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ५० प्रतिशत हकप्रद 

 गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले गत असोज २१गतेदेखि खुला गरेको ५० प्रतिशत हकप्रद सेयरको बिक्री आज बन्द हुदैछ । फाइनान्सले पूँजी वृद्धिका लागि एक सय रुपैंया अंकित दरमा १४ लाख ६८ हजार ३ सय ९७ कित्ता हकप्रद निष्काशन गरेको थियो । 

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ३७ लाख रुपैयाँ रहेकोमा १४ करोड ६८ लाख बराबरको हकप्रद निश्काशन भएपछि चुक्ता पूँजी ४४ करोड ६ लाख पुग्नेछ । कम्पनीले ८० करोड चुक्ता पूँजी पुर्याउन फेरि हकप्रद, बोनस वा अन्य संस्थासँग मर्ज वा एक्विजिशनको बाटोमा जानुपर्नेछ ।

हकप्रदको आबेदन प्राप्त गर्न तथा बुझाउनका लागि एनआइबीएल क्यापिटल मार्केट्स, लाजिम्पाट र गुहेश्वरी मर्चेनटका शाखा कार्यालयहरुमा सम्पर्क गर्नु पर्ने हुन्छ । ललितपुरको पुल्चोकमा केन्द्रीय कार्यालय रहेको फाइनान्सले अन्य चार स्थानबाट बित्तीय सेवा प्रदान गर्दै आएको छ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।