शतप्रतिशत हकप्रदको तयारीमा रहेको लक्ष्मीको पहिलो त्रैमासको प्रगति यस्तो छ

Nov 10, 2016 merolagani

लक्ष्मी बैंक (LBL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १३ करोड ५८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गतबर्षको यसैअवधिको तुलनामा करिब साढे तीन करोड बढी हो । प्रोफेशन दियालो विकास बैंकलाई एक्वायर गरेर शतप्रतिशत हकप्रद निष्कासन गर्ने योजनामा रहेको बैंकले प्रतिसेयर आम्दानी १७ रुपैयाँ देखाएको छ ।



गतबर्षको पहिलो त्रैमासमा बैंकले १० करोड १० लाख रूपैयाँ कमाएको थियो । बैंकको खुद व्याज आम्दान, सञ्चालन मुनाफा लगायतमा आएको सुधारले नाफा बढेको हो । यसअवधिमा बैंकले ५१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब ६४ करोड कर्जा लगानी गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने जगेडाकोषमा ३ अर्ब ३५ करोड रुपैयाँ राखेको छ । चुक्ता पुँजी आठ अर्ब पुर्याउन बैंकले प्रोफेशन दियालो विकास बैंकलाई एक्वायर गरेर शतप्रतिशत हकप्रद निष्कासन गर्ने तयारी गरेको छ । साथै बैंकले गत वर्षको कमाईबाट लाभांश दिन पनि बाँकी छ ।

बैंकको प्रतिशेयर आम्दानी १७ दशमलव ८८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५० दशमलव ०६ गुणा, प्रतिशेयर नेटवर्थ २ सय १० दशमलव ४३ रुपैयाँ र तरलता अनुपात २१ दशमलव ८३ प्रतिशत रहेको छ । खराबकर्जा घटाएर १ दशमलव ६३ प्रतिशत झारेको बैैंकले प्राभिजनमा १६ करोड २५ लाख रुपैयाँ राखेको छ । 

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।