ज्योती, कसमस र वेष्टर्न डेभलपमेण्ट बैंकले पहिलो त्रैमासमा कस्तो गरे कमाई ?

Nov 10, 2016 Merolagani

ज्योती (JBBL), कसमस (CSDBL)  र वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL) ले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा उल्लेख्य प्रगती गरेको वित्तीय विबरण प्रकाशित गरेका छन् । राष्ट्र बैंकले ताकेको पूँजी पुर्याउने क्रममा पूँजी वृद्धिसँगै कमाईलाई पनि बैंकहरुले परिष्कृत गर्दै गएका हुन् ।

ज्योति विकास बैंक (JBBL)

ज्योति विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ३५ लाख ७६ हजार रुपैंया खुद नाफा गरेको वित्तीय विबरण प्रकाशित गरेको छ । जबकी उसले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६९ लाख ५४ हजार रुपैंया मात्र खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षमा ९ प्रतिशत बोनस दिएर झिमरुख विकास बैंकसँगको मर्जर पुरा गरि ९२ करोड ३४ लाख ७६ हजार रुपैंयाको चुक्ता पूँजीलाई ९८ करोड ७० लाख २६ हजार रुपैंया पुर्याएको बैंकले निक्षेप संकलन कर्जा प्रवाहलाई बिस्तार गरेको छ ।

४ करोड ४६ लाख रुपैंयाको व्याज आम्दानीलाई समिक्षा अवधिमा ९ करोड ९४ लाख रुपैंया पुर्याएको ज्योतीले सञ्चालन मुनाफा पनि २ करोड ६६ लाख रुपैंयाबाट बढाएर ३ करोड ९८ लाख रुपैंया पुर्याएको छ । २७ लाख २८ हजार रुपैंया राइट व्याक गरेको बैंकको प्रतिशेयर आम्दानी समिक्षा अवधिमा ७ रुपैंया ३४ पैसाबाट बढेर १७ रुपैंया ६६ पैसा पुगेको छ ।

मर्जर पछि निष्कृय कर्जा अनुपात १ दशमलव ८९ प्रतिशतबाट बढेर २ दशमलव १३ प्रतिशत पुगेको बैंकको पूँजी कोष अनुपात १६ दशमलव ४३ प्रतिशत, प्रतिशेयर नेटवर्थ १ सय ३१ रुपैंया १२ पैसा तथा मूल्य आम्दानी अनुपात २२ दशमलव शुन्य ३ गुणा बढी रहेको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ११ दशमलव ७ प्रतिशत बोनस बितरण पश्चात १ बराबर १ कित्ता हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ । बोनस बितरण तथा हकप्रद निष्काशन पश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ६ करोड रुपैंया पुग्नेछ । बैंकको जगेडा कोषमा ३० करोड ७२ लाख रुपैंया सञ्चित छ ।

कसमस डेभलपमेण्ट बैंक (CSDBL)

उता कसमस डेभलपमेण्ट बैंकले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५० लाख ९ हजार रुपैंया खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले जम्मा २५ लाख ९९ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १५ प्रतिशत बोनस बितरण गरेर कायम भएको पूँजीको शतप्रतिशत हकप्रद निष्काशन गरेको बैंकको पूँजी वृद्धिको अनुपातमा कमाई भने सन्तोषजनक मान्न सकिन्न ।

९ करोड ८९ लाख २२ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई साढे २३ प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव गरेको छ ।

जगेडा कोषमा २३ करोड ७८ लाख रुपैंया सञ्चित रहेको बैंकको प्रतिशेयर आम्दानी २० रुपैंया २६ पैसा, निष्कृय कर्जा अनुपात शुन्य दशमलव ३२ प्रतिशत तथा मूल्य आम्दानी अनुपात २३ दशमलव ६० गुणाले बढी रहेको छ ।

वेष्टर्न डेभलपमेण्ट बैंक (WDBL

त्यसै गरी वेष्टर्न डेभलपमेण्ट बैंकले प िनगत असोज मसान्तसम्ममा २९ लाख ५८ हजार रुपैंया खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यसै अवधिमा ७ लाख ५८ हजार रुपैंया मात्र खुद नाफा कमाएको थियो ।

६ करोड ७६ लाख रुपैंयाको जगेडा कोष बनाएको बैंकको निक्षेप संकलन कर्जा प्रवाह तथा सञ्चालन मुनाफामा भएको बढोत्तरीले खुद कमाई पनि उल्लेख्य मात्रामा बढेको हो । बैंकको प्रतिशेयर आम्दानी (वार्षिक) ७ रुपैंया ५६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैंया ९९ पैसा तथा निष्कृय कर्जा अनुपात शुन्य दशमलव ३० प्रतिशत रहेको छ ।

१५ करोड ६९ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल उद्घोष गरिसकेको छैन । शतप्रतिशत हकप्रद निष्काशनका लागि केही समय अघि मात्र शेयधनी पुस्तिका बन्द गरेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ४० लाख रुपैंया पुग्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।