मञ्जुश्री फाइनान्स र नमस्ते वित्तीय संस्थाले हकप्रद निष्काशनका लागि पाए स्वीकृति, उचालिएर सेयर नकिन्नुस

Nov 10, 2016 Merolagani

नेपाल धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्स (MFIL) र नमस्ते वित्तीय संस्था (NBSL) लाई हकप्रद निष्काशनको स्वीकृति दिएको छ । मञ्जुश्रीले १ सय ७५ प्रतिशत तथा नमस्ते वित्तीय संस्थाले शतप्रतिशत हकप्रद निष्काशनका लागि बोर्डको स्वीकृति पाएका हुन् । पछिल्ला दिनमा बजार निरन्तर ओरालो लागिरहेका बेला हकप्रद स्वीकृत भयो भन्देमा उचालिएर सेयर किनिहाल्नु गलत हुन सक्छ ।

२५ करोड रुपैंया चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले १ सय ७५ प्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको हो । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई १४ प्रतिशत बोनस बितरणको प्रस्ताव गरेको फाइनान्सले अझै साधारण सभाको मिति निर्धारण गर्न सकेको छैन ।

 

हकप्रद निष्काशन तथा प्रस्तावित बोनस बितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ७१ करोड रुपैंया नाघ्नेछ । अहिले फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ४ सय १६ रुपैंया रहेको छ ।

उता ३ करोड ७५ लाख रुपैंया चुक्ता पूँजी रहेको नमस्ते वित्तीय संस्थाले पनि शतप्रतिशत हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डको स्वीकृति पाएको छ । गत आर्थिक वर्षमा १ करोड १४ लाख रुपैंया खुद नाफा कमाएको फाइनान्सले बोनस तथा लाभांस प्रस्ताव गरेको छैन ।

हकप्रद निष्काशन पश्चात ७ करोड ५० लाख रुपैंया चुक्ता पूँजी पुग्ने फाइनान्सको प्रतिकित्ता सेयर मूल्य ७ सय २० रुपैंया रहेको छ ।

पछिल्ला दिनमा हकप्रद सेयरप्रतिको आकर्षण घट्दै गर्दा बजारमा निरन्तर गिरावट आउने क्रम जारी छ । यस्तो समयमा हकप्रद स्वीकृत भयो भन्दैमा उचालिएर भाउ बढाएर सेयर खरिद गर्नु लगानीकर्तालाई घातक हुन सक्छ । फाइनान्सहरुको वास्तविक वित्तीय अवस्था अनि आगामी दिनमा गर्ने प्रगतीका आंकलनको लेखा जोखा गरेर मात्र सेयर किन्नु उचित हुन्छ ।

अहिले हकप्रदको स्वीकृति पाएको खबरले नै एकाएक सेयर मूल्य बढिहाले पनि भोलिका दिनमा बजार कता जान्छ अनि यी कम्पनीको सेयर मूल्य कुन विन्दुमा रहन्छ भनेर अहिले नै आँकलन गर्न सक्ने अवस्था छैन ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।