नेपाल लाइफले पायो बीमा क्षेत्रमा नवीनतम प्रविधि प्रयोगको उत्कृष्ट अवार्ड

Nov 10, 2016 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले नेपालको बीमा क्षेत्रमा नविनतम प्रविधिको प्रयोग तथा प्रोत्साहन अभ्यास गरेको भन्दै बीमा क्षेत्रको उत्कृट अवार्ड पाएको छ । राजधानीमा सम्पन्न भएको ‘ग्रोथ इन्नोभेसन एण्ड लिडरसीप’ सम्मेलनमा नेपाल लाइफले उक्त अवार्ड पाएको हो ।

‘डिजिटल ट्रान्सफर्मेसन एज अ न्यू स्ट्राटिजी’ विषयलाई केन्द्रमा राखेर नेपालमा पहिलो पटक सम्पन्न भएको उक्त सम्मेलनमा फोष्र्ट एण्ट सुलिवन नामक संस्थाले नेपाल लाइफ इन्स्योरेन्सलाई उक्त अवार्ड प्रदान गरेको हो ।
विश्वव्यापी रुपमा व्यवशायिक प्रतिष्ठानको कार्यशैली विकासमा काम गर्दै आएको फोष्र्ट एण्ट सुलिवनले नेपालमा व्यवशायिक संस्थाको कार्यप्रणालीको विकासमा सहयोग पुर्याउने उद्धेश्यले १ दिने सम्मेलनको आयोजना गरेको हो ।

सम्मेलनमा नेपालमा सञ्चालित बीमा कम्पनीहरुले प्रयोग गरेका प्रविधि तथा विभिन्न प्रयोगका आधारमा नेपाल लाइफले उत्कृट प्रयोगको अवार्ड हात पारेको हो । विकाशोन्मुख मुलुक भएका कारण नेपालजस्तै अन्य मुलुकहरुमा कसरी नविनतम प्रविधिको प्रयोगबाट व्यवशाययिक वातावरणको विकास गर्न सकिन्छ भन्नेमा सम्मेलन केन्द्रित थियो । व्यवशाय प्रवद्र्धन गर्न प्रोत्साहित गर्ने लक्ष्यका साथ एक दिन चलेको सम्मेलनमा विभिन्न क्षेत्रका अन्तर्राष्ट्रि व्यक्तित्वका साथै नेपालका व्यवशायिक घरानाका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।