हिमालयनको १४ प्रतिशत र कुमारीले किनेको काष्ठमण्डपको २५ प्रतिशत हकप्रद खुल्यो

Nov 11, 2016 merolagani

हिमालयन बैंक (HBL) ले ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले १४.२८ प्रतिशत अर्थात सात सेयर बराबर एक (७ः१)को अनुपातमा हकप्रद सेयरको बिक्री खुला गरेको हो । त्यस्तै कुमारी बैंकले किन्ने सम्झौता गरेको काष्ठमण्डप डेभलपमेन्ट बैंक (KDBL) ले पनि आजैबाट २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । दुवै कम्पनीको हकप्रदमा मंसिर ३० गतेसम्म आवेदन गर्न पाइनेछ ।

हिमालयन बैंकले एक सय रुपैया अंकित दरका ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको हकप्रदमा आवेदन दिन पाउनेछन् । बैंकले हकप्रद प्रयोजनका लागि कात्तिक १० गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।

बैंकको हकप्रदमा यहि कात्तिक २३ गतेदेखि मंसिर ३० गतेसम्म आवेदन गर्न पाइनेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लक्ष्मी क्यापिटल तथा हिमालयन बैंकको कमलादी शाखा बाहेक सबै शाखा कार्यालय मार्फत हकप्रद सेयरमा आवेदन गर्न सकिने बैंकले जनाएको छ ।

हाल बैंकको चार अर्ब ४९ करोड ९१ लाख ४५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रद वितरण पश्चात बैंकको चुक्तापूँजी ५ अर्ब १४ करोड रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट वितरण गर्ने लाभांस घोषणा गर्न भने बाकी छ ।

 

काष्ठमण्डपको २५ प्रतिशत हकप्रद

त्यसै गरी काष्ठमण्डप डेभलपमेण्ट बैंकको चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद बिक्री पनि यहि कात्तिक २६ गतेदेखि खुलेको छ । प्रतिकित्ता एक सय रुपैंयाका दरले बैंकले १६ लाख ९९ हजार कित्ता शेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १६ गतेसम्म कायम सेयरधनीले मंसिर ३० गतेसम्म आवेदन दिन पाउनेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनसिएम मर्चेण्ट बैंकिङ्ग रहेको छ । शेयरधनीले बैंकको हकप्रद एनसिएम मर्चेण्ट बैंकिङ्ग तथा काष्ठमण्डप डेभलपमेण्ट बैंकका सबै शाखाहरुबाट भर्न सक्नेछन् ।

६७ करोड ९८ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकले हकप्रद निष्काशन गरे पछि चुक्ता पूँजी ८५ करोड रुपैंया पुग्नेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट २३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

काष्ठमण्डप सहित महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कुमारी बैंकमा एक्वायर हुने सम्झौता यस अघि नै भैसकेको छ ।

बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच करोड तीन लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।