डुबेको गोर्खा विकास बैंकलाई काठमाण्डौं फाइनान्समा मिलाए पछि यस्तो भयो अवस्था

Nov 11, 2016 Merolagani

डुबेको गोर्खा विकास बैंक र काठमाण्डौं फाइनान्स एकआपसमा मर्ज भएर बनेको गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आशलाग्दोे प्रगति गरेको छ । समस्याका कारण काठमाण्डौं फाइनान्सको शरणमा पुगेर एक स्तर तल झरेर फाइनान्स बने पछि गोर्खाजको दिन फिरेको हो ।

दुई संस्था मिले पछि चुक्ता पूँजी ५७ करोड ८६ लाख ६२ हजार रुपैंया चुक्ता पूँजी बनेको गोर्खाज फाइनान्सले व्यवशाय बिस्तारसँगै सञ्चालन मुनाफा लगायत शिर्षकमा गरेको उल्लेख्य सुधारले आश जगाएको हो । यस क्रममा फाइनान्सले पहिलो त्रैमासमा ६ करोड ३५ लाख ७० हजार रुपैंया खुद नाफा कमाएको छ ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा काठमाण्डौं फाइनान्सको मात्र खुद नाफा २८ लाख ७९ हजार रुपैंया मात्र थियो । तत्कालिन गोर्खा विकास बैंकतर्फको खराब कर्जालाई क्रमिक रुपमा घटाउँदै फाइनान्सले कमाई फराकिलो अंकले बिस्तार गरेको हो । यस क्रममा उसले ८ करोड ३४ लाख ८३ हजार रुपैंया राइट व्याक गरी निष्कृय कर्जा अनुपात १० दशमलव ५६ प्रतिशतमा झारेको छ । गत असार मसान्तमा फाइनान्सको खराब कर्जा अनुपात १२ दशमलव ९६ प्रतिशत थियो ।

मेरोलगानीसँग कुरा गर्दै फाइनान्सका कम्पनी सचिव मुकुन्द श्रेष्ठले पुस मसान्तसम्ममा सबै खराब कर्जा असुलेर शुन्य अवस्थामा पुगि नयाँ यात्राको सुरुवात गर्ने लक्ष्य रहेको बताए ।

‘गोर्खा विकास बैंक तर्फको करोडौं रुपैंयाको खराब कर्जा घटेर अहिले १२ करोडको हाराहारीमा आएको छ । दोस्रो त्रैमाससम्ममा सबै असुलेर हामी पुर्ण रुपमा स्वस्थ कम्पनीका रुपमा स्थापित हुन्छौं ।’ श्रेष्ठले भने । उनले दोस्रो त्रैमास पछि राष्ट्र बैंकले राखेको शर्त पुरा हुने भन्दै त्यस लगत्तै शेयर कारोबार पनि खुल्ला हुने बताए ।

१ सय ४७ रुपैंया ७० पैसा प्रतिशेयर नेटवर्थ बनाउन सकेको फाइनान्सले ३ करोड ४१ लख ७६ हजार रुपैंया व्याज आम्दानी गरेको छ भने २ करोड ३६ लाख ५६ हजार रुपैंया सञ्चालन मुनाफा आर्जन गरेको छ । राइट व्याक धेरै गरेका कारण नियमित कृयाकलापबाट हुने आम्दानी ११ करोड ८१ लाख ५७ हजार रुपैंया बनाएको फाइनान्सको पूँजीकोष अनुपात २० दशमलव ८७ प्रतिशत रहेको छ ।

फाइनान्सको वित्तीय विबरण हेर्न यहाँ क्लिक गर्नुहोस् । 

धितोपत्र बोर्डले केही समय अघि मर्जर सकेको लामो समय बित्दा समेत शेयर कारोबार नखुल्नुको कारण माग गर्दै पत्राचार गरेको फाइनान्सको शेयर कारोबार राष्ट्र बैंकले राखेको शर्तका कारण खुल्न नसकेको हो । फाइनान्सको लक्ष्य अनुसार लगानीकर्ताले माघ महिनाबाट फाइनान्सको शेयर कारोबार सुचारु हुने अपेक्षा गर्न सक्छन् ।
फाइनान्सले गरेको आशलाग्दो प्रगतीका कारण असोज मसान्तमा उसको प्रतिशेयर आम्दानी ४३ रुपैंया ९२ पैसा कायम हुन आएको छ । प्रतिशेयर कुल सम्पत्तीको मूल्य ७ सय २५ रुपैंया ७५ पैसा रहेको फाइनान्सले निक्षेप तथा कर्जाको विविधिकरण तथा बिस्तार गर्दै नयाँ सेवाको सुरुवात गर्ने लक्ष्य लिएको छ । यसका लागि कम व्याजदरको अन्तर तथा लगानीका क्षेत्रको विकास हुन नसक्नुले समस्या निम्त्याएको उसको बुझाई छ ।

गोर्खा विकास बैंक समस्याग्रस्त बनेका कारण पूँजी वृद्धिका लागि संस्थापकहरुले तत्कालिन समयमा थप गरेको ८ लाख २० हजार रुपैंया फाइनान्सको कल इन एडभान्स शिर्षकमा रहेको छ । सुधारात्मक बाटोमा रहेको फाइनान्सको जगेडा कोषमा असोज मसान्तसम्ममा २७ करोड ५१ लख ९८ हजार रुपैंया सञ्चित छ ।

मर्ज सकेर सेयर कारोबार खोल्न उदासिन कम्पनीप्रति धितोपत्र बोर्ड कडा, गोर्खाज फाईनान्ससँग स्पष्टिकरण माग

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।