गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको छैठौं शाखा बाराको कलैयामा

Nov 11, 2016 merolagani

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले बाराको कलैयामा छैठौ शाखा विस्तार गरेको छ । साथै कम्पनीले चाडै नै दमक तथा जितपुरमा थप शाखा विस्तार गर्ने जनाएको छ ।

कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात आश्विन मसान्तसम्म २ अर्ब १७ करोड निक्षेप संकलन गरेर १ अर्ब ७९ करोड कर्जा प्रवाह गरी २ करोड २३ लाख संचालन मुनाफा गरेको जानकारी दिएको छ ।

फाइनान्सको चुक्ता पूँजी ५०% हकप्रद शेयर तथा १२% बोनस शेयर जारी पश्चात ४९ करोड ३९ लाख तथा जगेडा कोषमा रु.८ करोड ९० लाख रहेको छ ।

हरिहर भवन, ललितपुर यसको प्रधान कार्यालय रहेको कम्पनीले काठमाण्डौको चावहिल, चुच्चेपाटी, कान्ती राजपथ, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली,विर्तामोड शाखा मार्फत सेवा प्रदान गर्दे आएकोमा कात्तिक २६ गतेबाट बाराको कलैया छैठौं शाखा खोलेको हो ।

बैकिङ्ग सेवामा एटिएम सेवा, एस.एम.एस बैंकिङ्ग सेवा सुविधा, इन्टरनेट बैंकिङ्ग सेवा, विभिन्न विप्रेशन सेवा तथा डिपी सेवा समेत संचालन गरिरहेको छ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।