एनबी इन्स्योरेन्सले फेरी प्रस्ताव गर्यो शतप्रतिशत हकप्रद, यसरी जगाउँदैछ आशा

Nov 11, 2016 Merolagani

केही समय अघि मात्र ८० प्रतिशत हकप्रद निष्काशन गरेको एनबी इन्स्योरेन्स (NBIL) ले पूँजी वृद्धिका लागि फेरी १ बराबर १ कित्ताका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गर्दै शतप्रतिशत हकप्रद निष्काशनको निर्णय गरेको हो ।

एनबी समुहले धरासायी बनाएको ईन्स्योरेन्सलाई आइएमई समूहले किनेर स्वस्थ संस्थाको रुपमा स्थापित गर्ने क्रममा पूँजी वृद्धिलाई पनि प्राथमिकतामा राखेको इन्स्योरेन्सले १५ करोडको पूँजी २७ करोड रुपैंया बनाइसकेको छ । व्यवशाय बिस्तार तथा समग्र बीमा बजारको विकासमा सक्रिय हुने लक्ष्य सहित अघि बढेको कम्पनीले शतप्रतिशत हकप्रद जारी गरे पछि चुक्ता पूँजी ५४ करोड रुपैंया पुर्याउनेछ ।

प्रस्तावित हकप्रद पारित गर्नका लागि कम्पनीले मंसिर १७ गतेका लागि साधारण सभा समेत बोलाएको छ । यद्यपी साधारण सभामा प्रस्तुत हुने अरु विषयका सम्बन्धमा भने थप विबरण सार्वजनिक हुन बाँकी नै छ ।

बीमा व्यवशायको बजार शतप्रतिशत उदयीमान भएको भन्दै कम्पनीले आक्रामक रुपमा शहरी तथा दुर्गम क्षेत्रमा बीमा सेवा दिने लक्ष्यले शाखा बिस्तारलाई तिब्र बनाएको छ । यस क्रममा केही समय अघि एकै दिन तीन शाखा बिस्तार गरेको कम्पनीको कुल शाखा संख्या १७ पुर्याएको छ ।

८० प्रतिशत हकप्रदका लागि आवेदन नपरेको शेयर लिलाम गरेर मात्र झण्डै ५ करोड रुपैंया प्रिमियम संकलन गरेको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड २२ लाख रुपैंयाको बीमा शुल्क आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सले ५ करोड ५८ लाख रुपैंयाको मात्र बीमाशुल्क आर्जन गरेको थियो । समिक्ष अवधिमा इन्स्योरेन्सको व्यापार १ सय ९० प्रतिशतले बढेको हो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।