देव बिकास बैंकले गत आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड ९१ लाख रुपैयाँ खुद नाफामा गरेकोमा यसपल्ट पाँच करोड ६ लाख नघाएको छ । बैंकको ब्याज आम्दानी र संचालन नाफा बढेकोले खुद नाफामा बढोत्तरी हुन सहयोग पुगेको हो । बैंकको निस्क्रिय कर्जा अनुपात पनि घटेर ३.४४ प्रतिशतमा सिमित भएको छ । देवको प्रति सेयर आम्दानी २३ रुपैयाँ कायम भएको छ ।
उता युनिक फाईनान्सको ब्याज आम्दानी र संचालन नाफामा ठूलो गिरावट आउनुका साथै निस्क्रिय कर्जा अनुपात बढ्दा खुद नाफा ५५ लाख ५३ हजारबाट २२ लाख चार हजार रुपैयाँमा खुम्चिएको छ ।
..................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।