३६ मेगावाटको अपर बलेफी ‘ए’ हाइड्रोमा चार बैंकले लगानी गर्ने

Nov 13, 2016 merolagani

ग्लोबल आइएमई बैंकसहित अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच अपर बलेफी ‘ए’ जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ । ३६ मेगावाटको अप्पर बलेफी “ए” जलविद्युत्त आयोजना निर्माणका लागि यी बैंकहरुले चार अर्ब ३५ करोड लगानी गर्ने भएका हुन् ।



ग्लोबल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस.वि.आई बैंक र एनआईडिसि विकास बैंकले उक्त आयोजनाको लागि ऋण प्रदान गर्न लागेको हो । ६ अर्ब ८ करोड लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनमा चार बैंकले ४ अर्ब ३५ करोड ऋण लगानी गर्नेछन् ।

काठमाडौंदेखि ९५ किमी टाढा सिन्धुपाल्चोक जिल्लाको गोल्छे र गुम्वा गाविसमा अवस्थित आयोजनाको पावर हाउस गोल्छे गाविसमा हुनेछ । आयोजना २०७५ को माघसम्म निर्माण सम्पन्न गर्ने अपेक्षासहित सम्झौतामा हस्ताक्षर गरिएको हो ।

आयोजनाबाट उत्पादित ३६ मेगावाट विजुली लामोसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।