प्रतिशेयर आम्दानी छ रुपैंया भएको कम्पनीको शेयर मूल्य ११०० रुपैयाँमाथि ?

Nov 13, 2016 Merolagani

११ करोड चुक्ता पूँजी भएर प्रतिशेयर कमाई ६ रुपैंया ३८ पैसा मात्र कायम गर्न सकेको महिला सहयात्रा लघुवित्त (MSMBS) को शेयर मूल्य १ हजार २ सय रुपैंयाको हाराहारीमा छ । लघुवित्तलाई सुनको फूल पार्ने कुखुरी ठानेर लगानीकर्ताहरुले उचालिएर सेयर किन्ने गरेका कारण माग र आपुर्तिमा सन्तुलन कायम हुन नसकी यस्ता लघुबित्तको सेयर मूल्य महंगो हुन गएको छ । 

मकवानपुरको चित्लाङमा कार्यलय रहेको महिला सहयात्राले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १७ लाख ५३ हजार रुपैंया खुद नाफा कमाएको छ । ११ करोड चुक्ता पूँजी तथा २ करोड ३७ लाख रुपैंयाको जगेडा कोष रहेको लघुवित्तको शेयर मूल्य सामान्य कम्पनीको तुलनामा माथि रहँदै १ हजार १ सय ९० रुपैंयाको हाराहारीमा कारोबार भईरहेको छ ।

२७ करोड ९२ लाख रुपैंया कर्जा परिचालन गरेको लघुवित्तको कर्मचारी खर्च तथा अन्य सञ्चालन खर्चमा अधिक बढोत्तरी हुँदा सञ्चालन मुनाफा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २६ लाख बाट २१ लाखमा झरेको छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा १६ लाख ५७ हजार रुपैंया खुद नाफा गरेको लघुवित्तले यस पटक १ लाख ५० हजार रुपैंयाले मात्र आम्दानी बढाएको हो । निष्कृय कर्जा अनुपात २ दशमलव ६७ प्रतिशत रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १ सय ९४ दशमलव ४४ गुणाले बढी छ । यो लगानीकर्ताका लागि खतराको संकेत हो । किनकी राम्रो आम्दानी गरेका सुचिकृत कम्पनीहरुको मूल्य आम्दानी अनुपात पनि अहिले ५० गुणाको हाराहारीमा रहेका छन् ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।