सेयर लिलाममा आउने क्रम तीब्र, कस्ले किन्छ उचालिएर यस्ता सेयर ?

Nov 14, 2016 Merolagani

सेञ्चुरी कमर्शियल बैंक (CCBL) ले ३० प्रतिशत हकप्रद निष्काशन गर्दा नबिकेको ४ लाख ६० हजार कित्ता कित्ता शेयर लिलाममा राखेको छ । उसले संस्थापक र साधारण शेयर गरी उक्त परिमाणको शेयर बोलकबोलबाट बिक्री गर्न लागेको हो । उता निर्धन उत्थान बैंक (NUBL) ले पनि क्रस होल्डिङमा रहेको ग्रामिण विकास बैंक (NGBBL) को झण्डै २ लाख कित्ता शेयर लिलाममा राखेको छ ।

सेञ्चुरी बैंकले संस्थापक तर्फको २ लाख ५२ हजार ९ सय ८ कित्ता तथा साधारण समुहको २ लाख ८ हजार ३ सय ३७ कित्ता शेयर लिलामबाट मूल्य बढाबढमा बिक्री गर्न लागेको हो । बैंकले उक्त शेयर कात्तिक २८ देखि मंसिर १२ गतेसम्म लिलाममा राखेको हो । लिलामको शेयर खरिद गर्न चाहनेले बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलमा सम्पर्क राख्नु पर्नेछ ।

न्युनतम १ सय रुपैंयादेखि आवेदन दिन सकिने शेयरका लागि कम्तीमा एक सय कित्ता शेयर माग गरेर आवेदन दिनु पर्ने हुन्छ । लिलाम गरिएको शेयरको बोलकबोल मंसिर १३ गते सिभिल क्यापिटलमा खोलिनेछ ।

त्यसैगरी निर्धन उत्थान बैंक (लघुवित्त)ले क्रस होल्डिङमा आफुसँग रहेको नेपाल ग्रामिण विकास बैंकको १ लाख ९१ हजार ९ सय ९२ कित्ता संस्थापक शेयर लिलाममा राखेको छ । उसले संस्थापक शेयरधनीहरुलाई एनआईबिएल क्यापिटलमा सम्पर्क राखी न्युनतम ३ सय रुपैंया वा सो भन्दा माथिको दरमा आवेदन गर्न भनेको छ ।

कात्तिक २८ गतेबाट लिलाममा राखिएको उक्त शेयरका लागि संस्थापक शेयरधनीहरुले पुस ३ गतेसम्ममा आवेदन दिन सक्नेछन् । लिलाममा राखिएको शेयरमा परेको बोलकबोल पुस ४ गते एनआईबिएल क्यापिटलमा खोलिनेछ ।

 ..................................................................................................................................................................

डिम्याट खाता खोल्नु भएको छैन ? घरमै बसी बसी अनलाइनबाट डिम्याट खाता खोल्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।