एनसीसी बैंकको खराबकर्जा एक प्रतिशतमा सिमित,प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा

Nov 14, 2016 merolagani

नेपाल क्रेडिट एण्ड कमर्स (NCCB) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा मात्रै डेढ प्रतिशतले बढी हो । साथै बैंकले यसअवधिमा खराबकर्जालाई एक प्रतिशतमा सिमित गरेको छ ।



बैंकको खुद ब्याज आम्दानी,संचालन मुनाफा लगायतमा सुधार आएपछि नाफा सामान्य बढेको हो ।बैंकले यसअवधिमा निक्षेप संकलन तथा कर्जा प्रवाह पनि विस्तार गरेको छ । यसअवधिमा ३० अर्ब ६३ करोड रुपैयाँ निक्षेप उठाएको बैंकले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । २ अर्ब ३५ करोड रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडकोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ ।

बैंकले यसअवधिमा खराब कर्जा भने १ दशमलव ८१ प्रतिशत बाट शून्य दशमलव ९६ प्रतिशतमा झारेको छ । बैंकले प्रोभिजनमा ३ करोड ४ लाख रुपैयाँ राखेको छ भने ३ करोड २३ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ६५ दशमलव १५ रुपैयाँ, तरलता अनुपात २२ दशमलव ३४ प्रतिशत र मूल्य आम्दानी अनुपात १६ दशमलव ७४ गुणा रहेको छ ।

एनसीसी बैंक इन्फ्रास्ट्राक्चर डेभलपमेण्ट बैंक लि, इण्टरनेशनल डेभलपमेण्ट बैंक लि, एपेक्स डेभलपमेण्ट बैंक लि, सुप्रिम डेभलपमेण्ट बैंक सँग मर्जरको प्रक्रियामा रहको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।