मेगाको नाफा ७४ प्रतिशतले बढ्यो,पहिलो त्रैमासको प्रतिसेयर आम्दानी साढे चार रुपैयाँ

Nov 14, 2016 merolagani

मेगा बैंक (MEGA) ले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा १४ करोड ६९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। गतबर्षको यसैअवधिको तुलनामा बैंकको नाफा ७४.२१ प्रतिशतले बढाएको हो । गत वर्षको पहिलो तीन महिनामा मेगाले ८ करोड ४३ लाख रुपैयाँ कमाएको थियो ।



बैंकको चुक्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ । केही समय अगाडि मात्र बैंकले २५ प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

बैंकले हालसम्म ३६ अर्ब ७७ करोड निक्षेप उठाएर ३१ अर्ब ८१ करोड कर्जा लगानी गरेको छ। बैंकले खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँ गरेको छ।

बैंकको खराब कर्जाको अनुपात १ दशमलव ०८ प्रतिशत रहेको छ । यो गतबर्षको भन्दा कम हो । बैंकको प्रतिशेयर आम्दानी चालू आवको प्रथम त्रैमाससम्को ४ रुपैयाँ ५३ पैसा रहेको छ भने एक वर्षको प्रति सेयर आम्दानी भने १७ रुपैयाँ ८० पैसा रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।