दुई बाणिज्य बैंक गाभिएर बैंक अफ काठमाण्डु लुम्बिनी बनेपछि यस्तो आयो परिणाम

Nov 14, 2016 Merolagani

बैंक अफ काठमाण्डु र लुम्बिनी बैंक एक आपसमा मर्ज भएर आएपछि धेरै लगानीकर्ताको अपेक्षा थियो, अब भने (BOKL)बैंकको प्रगति राम्रो हुन्छ । मर्जरले एक जोड एक बराबर दुई हैन, तीन हुने गरी परिणाम आउने अपेक्षा गर्नु स्वभाविक थियो । त्यसमाथि झन् सर्बसाधारणको सबैभन्दा धेरै स्वामित्व र कुनै बेलाको ब्लुचिप्स मानिने बीओकेको बिराशत ।

बैंक अफ काठमाण्डू लुम्बिनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैंया खुद नाफा कमाएर प्रति सेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा कायम गरेको छ । निस्क्रिय कर्जामा भारी कटौती भएर १.१२ प्रतिशतमा ओलिएको छ भने पूँजी कोष १३.०७ प्रतिशतमा चढेर दरिलो बनेको छ । 

निक्षेप झण्डै ७० अर्ब र कर्जा ६० अर्ब माथि हुँदा अन्य प्रमुख बाणिज्य बैंकहरुको तुलनामा बीओकेएल आईसकेको देखिन्छ । चार अर्ब ४७ करोड चुक्ता पूँजी र त्यसकै हाराहारीमा अर्थात चार अर्ब २० करोडको जगेडा कोषको बैंक हुनु चानचुने कुरा हैन ।

बैंक अफ काठमाडु लुम्बिनीको बित्तीय बिबरण हेर्न यहाँ जानुहोस् ।

६२ करोड ब्याज आम्दानी र ३९ करोड संचालन मुनाफा कमाएको बैंकले दुईवटा बाणिज्य बैंकबाट आएका कर्मचारी र प्रशासनिक खर्चको भार थेग्दा उसको कमाईको उल्लेखनीय अंश त्यसैमा खर्चिनु परेको छ ।
बिगतमा मेलम्ची खानेपानी आयोजनामा ठूलो रकम फसेर समस्या ब्यहोरेको बीओके र समस्यामा परेर क्रमशः सुधारिदै आएको लुम्बिनी बैंक गत साउनको अन्तिममा औपचारिक रुपमा एक भएका थिए ।

प्रमुख कार्यकारी अजय श्रेष्ठको कार्यदक्षताको परीक्षा अब 

बीओकेएलको प्रगतिको अबस्थासँग त्यसका प्रमुख कार्यकारी अजय श्रेष्ठको कार्यदक्षताको पनि मुंल्यांकन हुन थालेको छ । अघिल्लो कार्यकाल पुरा गरेका श्रेष्ठलाई फेरि दोस्रो कार्यकालका लागि संचालक समितिले नियुक्त गरेपछि पहिलेको ब्लुचिप्सको साख फर्काउनुपर्ने जिम्मेवारी उहाँमा आएको छ । सर्वसाधारण सेयरधनीको झण्डै ५५ प्रतिशत हिस्सेदारी रहेको बैंकमा सेयरधनी र निक्षेपकर्ताहरुको हितमा काम नभएमा त्यसको सम्पूर्ण दोषको भारी प्रमुख कार्यकारी श्रेष्ठ र निजलाई नियुक्त गर्ने संचालक समितिलाई जाने नै छ ।

प्रमुख कार्यकारी श्रेष्ठका अनुसार दुई बाणिज्य बैंक मर्ज भएर अगाडि बढ्दा बिगत तीन महिनामा कर्मचारी मिलान, प्रशासनिक खर्च समायोजन लगायतका अनेक समस्या समाधान गर्नु पर्यो । मर्जरको प्रसव अबस्था पार नगर्दै दर्शै तिहार लगायतका चाड पर्वले छोप्दा एकातर्फ बैंकले दशै भत्ता लगायतका थप ब्ययभार थेग्नु पर्यो भने पहिलो त्रैमास अन्त्यमा उठ्नुपर्ने ब्याज असुली पनि दशैका कारण अपेक्षा अनुसार हुनसकेन ।

मर्जपछिको तीन महिने छोटो अवधिमा बीओकेएलको प्रगति राम्रो भएन भनेर मूल्यांकन गर्नु उचित हुन्न, अबका दिनहरुमा मर्जको परिणाम देखिने छ- प्रमुख कार्यकारी श्रेष्ठको भनाई छ ।

बैंक अफ काठमाडौ लुम्बिनीले गत बर्षको खुद नाफाबाट लगानीकर्तालाई बोनस सेयर प्रस्ताव गर्न बाँकी नै रहेको छ । लुम्बिनी बैंकबाट बचेको स्वाप समेत हिसाब गर्दा उसले २५ प्रतिशत माथि बोनस प्रस्ताव गर्नसक्छ भने आठ अर्ब पूँजी पुर्याउन केही हकप्रद पनि ल्याउने आँकलन गर्नु स्वभाविक छ । बीओकेएलले मर्ज भईसकेपछि पूँजी योजना सार्वजनिक गरेको छैन । 

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।