चिलिमेको प्रतिसेयर आम्दानी खस्कियो ,सानिमामाई हाइड्रोले कमायो १७ करोड

Nov 14, 2016 merolagani

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्ममा ३० करोड ७३ लाख रुपैयाँ नाफा गरेको छ। यो नाफा गतबर्षको यसै अवधिको तुलनामा एक करोड कम हो । यता गत आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड नोक्सानमा रहेको सानिमा माई हाइड्रो (SHPC) ले भने १७ करोड नाफा कमाएको छ ।

चिलिमेले अघिल्लो असोजसम्ममा ३१ करोड ७८ लाख रुपैयाँ नाफा गरेको थियो। नाफा घटेको र गत बर्ष बोनस सेयर जारी गरी पूँजी बढेका कारण  कम्पनीको प्रति सेयर आम्दानी ४६ रुपैयाँबाट झरेर ३९ रुपैयाँमा खुम्चिएको छ।

कम्पनीले बिजुली बेचेर ३६ करोड ३१ लाख रुपैयाँ कमाएको छ भने बिक्री खर्च एक करोड ९० लाख रुपैयाँ गरेको छ। कम्पनीले चार अर्ब ९८ करोड रुपैयाँ लगानी समेत गरेको छ। तीन अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले चार अर्ब ६३ करोड जगेडाकोषमा राखेको छ । 

यता सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले पहिलो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ मुनाफा गरेको छ । जुन गत वर्षको सोहि अवधिमा ९ करोड ७९ लाख रुपैयाँ नोक्सान रहेको थियो ।

१ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको सानिमाले ७० लाख रुपैयाँ लगानी गरेको छ । कम्पनीले विजुली बेचेर ३० करोड रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ दशमलव १५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय १७ रुपैयाँ रहेको छ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।