शुभेच्छालाई गाभेको गरिमाको सेयर कारोबार खुल्यो

Nov 14, 2016 merolagani

शुभेच्छा विकास बैंकलाई गाभिर बलियो बनेको गरिमा विकास बैंक (GBBl) को सोमबारबाट सेयर बजारमा कारोबार खुलेको छ ।गरिमाको जिबिबिएल टे«ड्रिङ कोडमा कारोबार हुने नेप्सेले जनाएको छ । कारोबार खुल्नासाथ बैंकको सेयर खरिदमा चाप देखिएको छ भने सेयर मूल्य समेत केही बढेको छ ।

भरतपुरको चितवनमा केन्द्रीय कार्यालय रहेको शुभेच्छा र पोखरामा केन्द्रीय कार्यालय रहेको गरिमा बैंकले मर्जर सकेर गत असोज ४ गतेदेखि एकिकृत कारोबार थालेका थिए ।

यी दुई बैंक गाभिाएपछि बनेको गरिमा विकास बैंकको चुक्तापूँजी एक अर्ब ८ करोड रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोषमा ५० करोड रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्म बैंकले चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने छ ।

मर्जरपछि बनेको गरिमा विकास बैंकले चालु आर्थिक बर्षको पहिलो तीन महिनामा ४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा देखाएको छ ।

बैंकले हालसम्म १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । यसअवधिमा बैंकको खराब कर्जा भने केही बढेको छ । २ करोड ७७ लाख रुपैयाँ प्रोभिजनमा राखेको बैंकको शुन्य दशमलव ६६ प्रतिशत खराब कर्जा रहेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ३३ पैसा छ । मुल्य आम्दनी अनुपात २०.५५ गुणा, प्रतिसेयर नेटवर्थ १४६.८९ रुपैयाँ रहेको छ ।

मर्जरमा जानु अघि नेप्सेमा गरिमा बैंकको प्रतिसेयर ३७० रुपैयाँ तथा शुभ्भेच्छाको प्रतिकित्ता ३४९ रुपैयाँमा अन्तिम पटक सेयर किनबेच भएको थियो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।