नबिल बैंक “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित

Nov 14, 2016 merolagani

नबिल बैंंक (NABIL)  “बेस्ट प्राक्टीसेज अवार्ड : २०१६ को उत्कृष्ट वित्तिय संस्था”बाट सम्मानित भएको छ ।
फ्रस्ट एण्ड सलिभन द्वारा प्रदान गरिएको सो पुरस्कार पूर्व अर्थमन्त्री डा. राम शरण महतले एक कार्यक्रममा बैंकका प्रमुख जोखिम अधिकृत अनिल कुमार खनाललाई प्रदान गरे ।

उक्त अवसरमा खनालले भने “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लाीग गौरवको बिषय हो र यसबाट बैंकलाई सरोकारवालापक्षको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको छ”। सोही अवसरमा उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले नेपालमा आधुनिक बैकिङ्क प्रणालीका निम्ति अग्रणी भुमिका खेली निरन्तर सेवा बृद्धि तथा ग्राहको माग अनुसार आफ्ना सेवाहरु उपलब्ध गराई राखेको र सो नै बैंक सफलताको सुत्र भएको बताए ।

नबिल बैंक २०१६मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले अगष्ट १९, २०१६मा “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोत्कृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

....................................................................................................................................................................

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।