कुमारी बैंकको विशेष साधारणसभा सम्पन्न,५० प्रतिशत हकप्रद बिक्री गर्ने

Nov 14, 2016 merolagani

५० प्रतिशत हकप्रदको प्रस्ताव पारित गर्दे कुमारी बैंक (KBL) को विशेष साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न बैंकको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव सहित बैंकको अधिकृत पूँजी, जारी पूँजी तथा चुक्तापूँजी वृद्धि गर्न प्रबन्ध पत्रमा संसोधन गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

एनसीसी बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि कुमारी बैंकले अन्य कम्पनीहरुलाई किन्नुका साथै आफै हकप्रद जारी गरेर पूँजी थप्ने प्रक्रिया अघि बढाएको हो । बैंकले ७४ आषाढसम्म राष्ट्र बैंकले तोके बमोजिम आठ अर्ब पूँजी पुर्याउन ५० प्रतिशत हकप्रदको प्रस्ताव अघि सारेको हो ।

हाल बैंकको २ अर्ब ६९ करोड ९१ लख रुपैयाँ चुक्तापूँजी रहेको छ । पचास प्रतिशत हकप्रद वितरण गरेपछि बैंकको पूँजी चार अर्ब चार करोड रुपैयाँ पुग्नेछ ।  गत आर्थिक बषर्मा ७४ करोड खुद नाफा कमाएको बैंकले लाभांस घोषणा गर्न बाँकी नै छ । गतबर्षको बोनसबाट पनि बैंकको पूँजी केही थपिनेछ ।

साथै कुमारीले काष्ठमण्डप, महाकाली, काँक्रेबिहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई एक्वायर गर्ने सम्झौता गरिसकेको छ ।

काष्ठमाण्डपको चुक्ता पूँजी ६७ करोड ९८ लाख रुपैयाँ रहेको छ भने महाकाली विकास बैंकको चुक्ता पूँजी १२ करोड ७२ लाख रुपैयाँ रहको छ । त्यस्तै पश्चिामाञ्चल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैयाँ रहेको छ भने काक्रे विहार विकास बैंकको ६ करोड रुपैयाँ पूँजी रहेको छ ।

यसैबीचमा काष्ठमण्डपले २५ प्रतिशत हकप्रद पनि बिक्री गर्देछ ।

यी ४ वटा संस्थालाई एक्वायर गरेपछि कुमारी बैंकको चुक्ता पुँजी ६ अर्ब रुपैयाँ पुग्नेछ । एक्वायरपछि बन्ने संस्थाको निक्षेप ५० अर्ब र कर्जा ४० अर्ब रुपैयाँ पुग्ने छ । यसैगरी, देशभर ७४ वटा शाखा पुग्नेछन् ।

 साथै सभाले बैंकको अधिकृत पूँजी दश अर्ब पुर्याउने प्रस्ताव पारित गरेको छ । 

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।