नेपाल बैंकको प्रति सेयर आम्दानी अहिले कसरी भयो ७२ रुपैयाँ ?

Nov 15, 2016 Merolagani

नेपालको जेठो बैंक नेपाल बैंक(NBL)ले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेर प्रति सेयर आम्दानी ७१ रुपैयाँ ७६ पैसा कायम गरेको बित्तीय बिबरण प्रकाशित गरेको छ । छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकले एकैचोटी यत्ति धेरै आम्दानी कसरी गर्यो त ? हेर्नुहोस् मेरोलगानी बिश्लेषणः

नोटः रकमलाई करोडमा देखाईएको छ । 

नेपाल बैंकले गत आर्थिक बर्षमा आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको झण्डै चार लाख कित्ता संस्थापक सेयर मध्ये तीन लाख ४० हजार कित्ता बिक्री गरी एक अर्ब १८ करोड रुपैयाँ गैरसंचालन आम्दानी गरेको थियो । सोही कारणले खुद नाफा बढ्न गएको देखिन्छ ।

गत बर्ष नै सम्पति तथा सेयर बेचेर पूँजी कोष तथा जगेडा घाटा सुधार गरी स्वस्थ बनेको नेपाल बैंकले यस बर्षको पहिलो त्रैमासमा ब्याज आम्दानीमा झण्डै ७० र संचालन मुनाफामा २६२ प्रतिशतले बढोत्तरी गरी आफ्नो नियमित आम्दानीमा पनि कायापलट गरेको छ । नेपाल बैंकको खुद नाफा एक अर्ब ५० करोड नाघ्ने पूर्व आँकलन गरिएकोमा असोज मसान्तमा दसै पर्दा ब्याज असुलीमा बाधा परेकाले अपेक्षा अनुसार हुन नसकेको बैंक स्रोतले बताएको छ । गत असार मसान्तको भन्दा निस्क्रिय कर्जा अनुपात बढ्न गएकाले जोखिम ब्यहोर्ने कोषमा रकम ११३ प्रतिशतले बढाउनु परेको छ ।

केही ठूला पुराना कर्जाहरु असुल बाँकी भए पनि पहिलो त्रैमासमा त्यस्तो ठूलो कर्जा असुल नभएकाले जोखिम कोषबाट फिर्ता ल्याउने रकम भने ह्वात्तै घटेको छ ।

कुनै समय ६० प्रतिशतसम्म खराब कर्जाले थलिएको र जगेडा कोष घाटामा गएर झण्डै बिघटन भएको नेपाल बैंक सुधारिएर आई पूँजी कोष १२.१२ मा उक्लिनु र निस्क्रिय कर्जा अनुपात ३.१० मा सिमित हुनु ठूलो उपलब्धि हो ।

प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७.२९ मात्र रहेकोले उसको सेयर मूल्य अहिले घटेको अबस्थामा किनेर दीर्घकालीन लगानी गर्दाको जोखिम न्युन रहेको देखाउँछ तर मूल्य उचालिएर किन्न भने हुँदेन । बाणिज्य बैंकहरुमा प्रति सेयर आम्दानीको हिसाबले एभरेष्ट बैंकपछि नेपाल बैंक दोस्रो भएको छ ।

अहिले धेरै रकम खुद नाफा गरेको देखाए पनि बाँकी तीन वटै त्रैमासमा यही दर कायम राख्न नेपाल बैंक सक्षम होला त ? निकै पेचिलो प्रश्न हो । माउन्ट एभरेष्ट बु्रअरी, बासुलिंगा सुगर लगायतका डुबेका ठूला कर्जाहरुको असुली, सम्पति बिक्रीमा प्रगति र नियमित आम्दानीमा बढोत्तरी हुन सके उसले नाफा कमाईको यही दर कायम राख्नसक्ने संभावना भने छ ।

धेरै शाखा संजाल भएर पनि संचालन खर्च भने निण्न्त्रणमा राखेको देखिन्छ । कर्मचारी खर्च उच्च रहेको र केही पुराना कर्मचारीहरुलाई बिदाई गर्नुपर्दा ब्यहोर्नुपर्ने खर्चको हिसाब गर्दा उसलाई चुनौतिको अग्लो पहाड पार गर्नुपर्ने बाध्यता छदैछ । प्रमुख कार्यकारी देबेन्द्रप्रताप शाह नेतृत्वको कुशल ब्यवस्थापनले यो चुनौतिलाई कसरी सामना गर्छ भन्ने कुरामै नेपाल बैंकको चमतकारिक प्रगति निर्भर रहनेछ ।

नेपाल बैंकले गत बर्षको खुद नाफाबाट केही पनि लाभांश बाड्न सक्दैन तर चुक्ता पूँजी आठ अर्ब पुर्याउन २३.७४ प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया भने अगाडि बढाएको छ ।  हाल सर्बसाधारणको ३८ र सरकारको ६२ प्रतिशत हिस्सा रहेको नेपाल बैंकमा सरकारले हकप्रद वापतको रकम जम्मा नगरी आफ्नो भागको हकप्रद सेयर लिलाममा लगेर बैंकमा सर्बसाधारणको हिस्सा बढाउने बिकल्प पनि खुला नै रहेको बुझिन्छ । यसो भएमा नेपाल बैंकले आफ्नै सेयर बेचेर पनि यस बर्ष करोडौ कमाउनसक्छ ।
तर एनआईडीसी डेभ्लपमेन्ट बैंकलाई मर्ज गर्ने, रणनीतिक साझेदारीमा जाने जस्ता हल्लाहरु भने हल्लामै सिमित रहलान् जस्तो छ ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।