नेपाल टेलिकमले बढायो एक अर्बले खुद नाफा, कारण के होला ?

Nov 15, 2016 Merolagani

नेपालको सबैभन्दा ठूलो दुरसंचार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम(NTC)ले पहिलो त्रैमासमा एक अर्बले खुद नाफा बढाएको छ । कम्पनीले गत बर्षको असोज मसान्तसम्ममा तीन अर्ब ३१ करोड खुद नाफा गरेकोमा यस बर्षको सोही अवधिसम्ममा २५ प्रतिशतले बृद्धि गरी चार अर्ब १४ करोड खुद नाफा कमाएको हो ।

१५ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी पनि ८८ बाट ११० रुपैयाँ पुगेको छ । उसको जगेडा कोषमा ७४ अर्ब रुपैयाँ छ । उसले आफ्नो सेवा प्रवाहबाट ११ अर्ब ३६ करोड आम्दानी गरेको छ भने पाँच अर्ब ७६ करोड खर्च गरेको छ । सेवा बिक्रीबाट उसको आम्दानी बढ्नु र खर्च घट्नु नै खुद नाफा बढ्नुको मूख्य कारण हो । एक अर्ब ४५ करोड रुपैयाँ त उसले सरकारलाई कर तिर्न नै छुट्याएको छ ।

बजारमा सेयर मुल्य प्रतिकित्ता ६८७ हुँदा उसको प्रति सेयर नेटवर्थ ५९७ र मुल्य आम्दानी अनुपात ६.२३ गुणा मात्र रहेको छ । सबै किसिमले हेर्दा यस कम्पनीको सेयरमा लगानी गर्नु सबैभन्दा सुरक्षित देखिए पनि बोनस सेयर नदिने हुनाले लगानीकर्ताहरुले खासै चासो दिएको पाईन्न ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।