गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा बैंकले ४ करोड ८६ लाख खुद नाफा कमाएको थियो । बैंकको खुद व्याज आम्दानी, सञ्चालन मुनाफा लगायतमा उल्लेखीय सुधार आएपछि खुद नाफामा बढोत्तरी आएको हो । साथै बैंकले यसअवधिमा झण्डै ६ करोड बराबरको खराब कर्जा उठाएको छ ।
२ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ । सोमबार मात्र सम्पन्न बैंकको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । साथै कुमारी काष्ठमाण्डप,महाकाली विकास बैंक र पश्चिामाञ्चल फाइनान्स तथा काक्रे विहार विकास बैंकलाई खरिद गर्ने प्रक्रियामा समेत रहेको छ ।
बैंकले असोज मसान्तसम्मा ४० अर्ब ३५ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ४१ करोड कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १५५ रुपैंयाँ ६४ पैसा रहेको छ । त्यस्तै मुल्य आम्दानीको अनुपात १९ दशमलव ५९ गुणा, र तरलता अनुपात २८ दशमलव ५२ प्रतिशत रहेको छ ।
बैंकले खराब कर्जा घटाएर १ दशमलव २६ प्रतिशतमा झारेको छ । भने जोखिम युत्त सम्पत्ति ११ दशमलव ३३ प्रतिशत रहेको छ । बैंकले प्रोभिजनमा ६ करोड २६ लाख रुपैयाँ राखेको छ भने ५ करोड ७८ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।
बैंकले गत आर्थिक बर्षमा ७४ करोड खुद नाफा गरेको बैंकले त्यसबाट बोनस सेयर घोषणा गर्न भने बाँकी नै रहेको छ । ५० प्रतिशत हकप्रद जारीपछि मात्र बोनस घोषणा हुनसक्ने भएकाले साधारणसभाबाट पारित भई लगानीकर्ताले लाभांश पाउन अझै केही महिना कुर्नुपर्ने देखिन्छ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।
...................................................................................................................................................................