नेशनल लाईफले घोषणा गर्यो ३० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रद,मंसिर २९ गते साधारणसभा

Nov 15, 2016 Merolagani

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी(NLICL)ले चुक्ता पूँजी ब्यापक मात्रामा बढाउने निर्णयसहित गत बर्षको खुद नाफाबाट ३० प्रतिशत बोनस र त्यसपछि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

 

 

 जीवन बिमा क्षेत्रमा दोस्रो बरियतामा रहेको मानिने नेशनल लाईफले हाल कायम चुक्ता पूँजी एक अर्ब एक करोडको ३० प्रतिशत बोनस सेयर लगानीकर्तालाई बाड्ने प्रस्ताव गरेको हो । उसले बोनस सेयरको कर प्रयोजनका लागि अलग्गै रकमको ब्यवस्था पनि गरेको छ । 

यसपछि शतप्रतिशत हकप्रद जारी गर्दा चुक्ता पूँजी दुई अर्ब ६० करोड नाघ्ने छ ।

उसले बोनस पारित गराउन तथा हकप्रद जारी गर्ने स्वीकृति लिन मंसिर २९ गते २८ औं साधारणसभा बोलाएको छ । बोनस र हकप्रद प्रस्तावसँगै साधारणसभा समेत बोलाएकाले उसको प्रस्तावलाई बिमा समितिले समेत स्वीकार गरिसकेको संकेत मिल्दछ । बिमा समितिले स्वीकृति नदिई साधारणसभा गर्न पाईदैन । 

नेशनल लाईफले गत बर्ष बिमांकीय मुल्यांकन नुहँदै १४ करोड ९९ लाख खुद नाफा कमाएको थियो । यसले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पाँच करोड पाँच लाख खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशित गरेको छ । उसको जगेडा कोषमा ५८ करोड र जीवन बिमा कोषमा १५ अर्ब रुपैयाँ छ ।

सबै बिमा कम्पनीहरुले पुस मसान्तभित्र साधारणसभा गरिसक्नु पर्ने भएकाले बिमा कम्पनीहरुको बोनस सेयर र हकप्रद सेयर प्रस्ताव र साधारणसभाको मिति तोकिएको सूचना अब धमाधम आउन थाल्नेछ ।

बिमा कम्पनीहरुको पूँजी बृद्धि गर्ने सम्बन्धी बिमा ऐनको मस्यौदा अर्थ मन्त्रालयमा बिचाराधिन रहेको भए पनि बिमा कम्पनीहरु आफै चुक्ता पूँजी बढाउने दौडमा देखिएका छन् ।

..................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।