सिद्धार्थको कुल बिमा शुल्क आर्जन रकम २८ करोडबाट बढर ४२ करोड भएको छ भने प्रिमियरको १९ करोडबाट ३४ करोडमा उक्लिएको छ । सिद्धार्थको चुक्ता पूँजी ३४ करोड र प्रति सेयर आम्दानी बाषिकीकरण गर्दा ४४ रुपैयाँ हुन्छ भने प्रिमियरको ३७ करोड चुक्ता पूँजीमा प्रति सेयर आम्दानी १९ रुपैयाँ मात्र हुन्छ ।
सिद्धार्थको जगेडा कोषमा १६ करोड, बिमा कोषमा ३२ करोड र महा विपत्ति कोषमा चार करोड छ । प्रिमियरको जगेडा कोषमा १२ करोड, बिमा कोषमा २४ करोड र महाविपत्ति कोषमा दुई करोड मात्र छ ।
सिद्धार्थले दीर्घकालीन लगानी बढाएर २१ करोड पुर्याएको छ भने अल्पकालीन लगानी ८१ करोड छ । प्रिमियरको दीर्घकालीन लगानी १७ करोड र अल्पकालीन लगानी ९१ करोड छ ।
दुबै कम्पनीको दावी भुक्तानी रकम गत बर्षको पहिलो त्रैमासमा भन्दा घटेको छ । सिद्धार्थले ५० करोड रुपैयाँ दावी भुक्तानी गर्न बाँकी छ भने प्रिमियरले एक अर्ब ३७ करोड दावी भुक्तानी गर्न बाँकी रहेको देखाएको छ ।
सिद्धार्थ ईन्स्योरेन्सले गत बर्षको खुद नाफाबाट ३० प्रतिशत बोनस प्रस्ताव गरेको छ भने २५ प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृतिका लागि धितोपत्र बोर्डमा आबेदन गरेर निर्णयको प्रतीक्षामा छ ।
...................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।