जनताको सेयर बिक्री प्रबन्धकमा एनसीएम मर्चेन्ट बैंकिङ रहेको छ । बैंकका सेयरधनीले एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरीसहित जनता बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । अनलाईन मार्फत दरखास्त प्राप्त गर्न र बुझाउने ब्यवस्था गर्न भने जनता बैंक चुकेको छ ।
दुई अर्ब ६ करोड रूपैयाँ चुक्ता पुँजी रहेको जनताको ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी तीन अर्ब नौ करोड रूपैयाँ पुग्नेछ ।
बैंकले अघिल्ला दुई बर्षको खुद नाफाबाट बोनस सेयर बितरण गर्न बाँकी नै रहेको छ । उसले हालै त्रिबेणी बिकास बैंकसँग मर्जमा जाने सम्झौता गरेकाले सेयर कारोबार बन्द छ ।
....................................................................................................................................................................
मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुक, ट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।