अपी पावरको त्रैमासिक खुद नाफा एक करोड ७० लाख

Nov 16, 2016 Merolagani

अपी पावर कम्पनी  लिमिटेड(API)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले यस अवधिमा चार करोड ६१ लाख रुपैयाँ बिद्युत बेचेर कमाएकोमा खर्चहरु कटाई एक करोड ७० लाख खुद नाफा गरेको हो ।

उसले गत बर्षको पहिलो त्रैमासमा २४ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा गर्दा जगेडा कोष एक करोड ११ लाखले ऋणात्मक थियो ।

एक अर्ब चुक्ता पूँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी बार्षिकीकरण गर्दा ६ रुपैयाँ ८१ पैसा भएको छ । जगेडा कोषमा आठ करोड ४२ लाख रुपैयाँ छ ।

गुरु प्रसाद न्यौपानेको पारिबारिक घेराबन्दी रहेको यस कम्पनीमा संस्थागत सुशासन र आन्तरिक नियन्त्रण प्रणाली निकै चिन्ताजनक अबस्थामा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।