माछापुछ्रे बैंकको ५० प्रतिशत हकप्रद मंसिर तेस्रो सातादेखि

Nov 16, 2016 Merolagani

माछापुछ्रे बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको मिति सार्वजनिक गरेको छ । बैंकले यहि मंसिर १९ गतेदेखि हकप्रद निष्काशन गर्न लागेको हो । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेको छ ।

बैंकले अहिले कायम चुक्ता पूँजी ३ अर्ब ८६ करोड ४५ लाख ४० हजार रुपैंयाको ५० प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो । आफै आठ अर्ब पुर्याउने योजनामा रहेको माछापुच्छ्रे बैंकले जनता बैंकसँगको मर्जर टुटे पछि हकप्रदको बाटोमा गएको बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई सोही पूँजीको २० दशमलव ७५ प्रतिशत बोस दिने प्रस्ताव गरिसकेको छ ।

गत कात्तिक १२ गते हकप्रद निष्काशनका लागि शेयरधनी पुस्तिका बन्द गरेको हुनाले कात्तिक ११ गते बिहीबारसम्म शेयर किनेकाहरुले मात्र हकप्रद भर्न सक्नेछन् । शेयरधानीले सिभिल क्यापिटल कमलादी तथा माछापुछ्रे बैंकका सबै शाखा कार्यालयबाट हकप्रद भर्न सक्नेछन् ।

बैंकले एक अर्ब ९३ करोड रुपैयाँ बराबरको अर्थात हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ । त्यसपछि बोनस जोड्दा चुक्ता पुँजी ६ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।