एभरेष्ट बैंक र नेशनल लाईफको बम्पर घोषणाले ठूला लगानीकर्तालाई फेरि तान्यो पूँजी बजारमा

Nov 16, 2016 Merolagani

सेयर मूल्य धेरै भएका कम्पनीहरु एभरेष्ट बैंक(EBL) र नेशनल लाईफ(NLICL)को बम्पर बोनस तथा हकप्रदले केही समयदेखि पर्ख र हेरको अबस्थामा बसेका ठूला लगानीकर्तालाई सेयर बजारमा झारेको छ । यस साता यी दुई कम्पनीको सेयर खरिद बिक्री बढेर कारोबार रकम बृद्धि हुन सघाउ पुगेपछि ठूला लगानीकर्ताले लगानी बढाएको आँकलन गरिएको हो ।

एभरेष्ट बैंकले बाणिज्य बैंकहरुमा यस बर्ष सबैभन्दा बढी बोनस सेयर प्रस्ताव गरेर बाजी  मार्दा नेपाल लाईफलाई भेट्टाउने गरी पूँजी बढाउन खोजेर नेशनल लाईफले पनि जीवन बिमाको क्षेत्रमा चर्चा कमाएको छ । यी दुबै कम्पनीको सेयर मूल्य समेत बढेकाले एक सय कित्ता सेयर किन्न तीन लाख ८० हजार रुपैयाँको हाराहारीमा रकम जोहो गर्न पर्ने अबस्था आएको छ । यी दुई कम्पनीमा लगानी गर्नेहरुले आफ्नो जोखिम बहन क्षमताको ख्याल पक्कै गरेको हुनुपर्छ ।

एभरेष्टको  यसरी बढेको छ सेयर मूल्य र कारोबार सेयर संख्या

सेयर बजारमा केही समय यता साना लगानीकर्ताको मात्र किनबेच चल्दा कारोबार खुम्चिएको थियो । बुधबार एभरेष्ट र नेशनल लाईफको कारोबार रकम सम्पूर्ण कारोबार रकमको आधा भन्दा बढी भएकोले ठूला लगानीकर्ताले नै सेयर किनेको मान्न सकिने धेरै आधार छ । एक -दुई लाख हातमा लिएर सेयर बजारमा प्रबेश गरेका लगानीकर्ताले यी दुई कम्पनीको सेयर किनबेच गर्दा यति धेरै रकमको कारोबार भएको हैन, करोड -करोड लगानी गर्नेले नै सेयर किनेको हो भन्न सकिन्छ किनभने कारोबार भएका सेयर कित्ता पनि ठूला छन् । अरु दिन ७० देखि ८० करोड भित्र सिमित रहने सेयर कारोबार बुधबार एभरेष्टको झण्डै ३९ करोड र नेशनल लाईफको झण्डै २३ करोडको आधार पाएर एक अर्ब १९ करोड माथि पुगेको छ । यस दिन नेप्से तलै गए पनि कारोबार रकम चाँही उत्साहजनक नै हो ।

नेशनल लाईफको  यसरी बढेको छ सेयर मूल्य र कारोबार सेयर संख्या

 

नेशनल लाईफले साधारणसभाको मिति नै तोकेर ३० प्रतिशत बोनस र शत प्रतिशत हकप्रद घोषणा गरेको भाोलिपल्ट एभरेष्ट बैंकले ७० प्रतिशत बोनस र तीन कित्ता बराबर एक कित्ता हकप्रदको प्रस्ताव सार्वजनिक  गर्यो । नेशनल लाईफ र एभरेष्टको बोनस तथा हकप्रदको सूचना पहिल्यै बाहिर आईसकेको अबस्थामा यस साताको पहिलो दिनदेखि ती सेयरहरुको मूल्य बढ्न सुरु गरेको थियो ।

एभरेष्ट बैंकले संचालक समितिले गरेको निर्णय नेपाल स्टक एक्सचेन्जको वेभसाईटमा बुधबार कारोबार बन्द भए लगत्तै प्रकाशित भएको थियो ।

पहिलेका बर्षहरुमा बोनस सेयर भन्दा नगद लाभांशमा जोड दिदै आएको एभरेष्ट बैंकले यसपटक राष्ट्र बैंकबाट जारी भएको पूँजी बृद्धिको निर्देशन अनुसार आठ अर्ब चुक्ता पूँजी पुरयाउनु पर्ने भएकाले बाध्य भएर ७० प्रतिशत बोनस घोषणा गरेको हो । एभरेष्ट बैंकको पूँजीगत जगेडा कोषमा तीन अर्ब ३० करोड रुपैयाँ भन्दाबढी रहेको भए पनि ७० प्रतिशत मात्र बोनस प्रस्ताव गरेको हो । यसअघि कम बोनस दिने प्रस्ताव लिएर गएका एभरेष्टका अध्यक्ष बीके श्रेष्ठलाई राष्ट्र बैंकले पटक पटक फकाईदिएको थियो । यसपटक भने राष्ट्र बैंक पनि एभरेष्टको प्रस्तावबाट सन्तुष्ट भएरै यो प्रस्ताव आएको बुझिन्छ ।

बोनस र हकप्रदपछि एभरेष्टको चुक्ता पूँजी ६ अर्ब २४ करोड र नेशनल लाईफको दुई अर्ब ६० करोड नाघ्ने छ । एभरेष्ट बैंकमा भारतको पन्जाब नेशनल बैंकको महत्वपूर्ण हिस्सेदारी छ ।

...................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।