एभरेष्ट बैंक र नेशनल लाईफको सेयर बेचेका ठूला लगानीकर्ता फेरि बजारमा फर्केलान् ?

Nov 17, 2016 Merolagani

सेयर बजारमा माग र आपुर्तिको संन्तुलन बिग्रदा ४०.८२ अंकको पहिरो गएको छ । एभरेष्ट बैंक र नेशनल लाईफले घोषणा गरेका बम्पर बोनस र हकप्रदको बहानामा ठूला लगानीकर्ताहरुले ती दुई कम्पनीको सेयर किनबेच गर्दा कारोबार रकम बढे पनि नेप्सेमा भयानक पहिरो गएको हो । नेप्से दुई दिन यता लगातार घटेर १६५८.०८ मा आईपुगेको छ ।

एभरेष्टको ५१ करोड ७० लाख  र नेशनल लाईफको १२ करोड ५० लाख रुपैयाँको सेयर कारोबार हुँदा कारोबार रकम एक अर्ब ५० करोड पुगेको छ । बोनस तथा हकप्रद घोषणा भएर सेयर माग बढी मूल्य समेत उचालिएको मौकामा एभरेष्ट तथा नेशनल लाईफका ठूला लगानीकर्ताले सेयर बेचेर हकप्रदका लागि रकम जम्मा पार्दा बजारमा तीब्र घटाई फेरि सुरु भएको हो । तीन दिन यता एभरेष्ट र नेशनल लाईफकै सर्बाधिक रकमको शेयर किनबेच भएको छ । बुधबार त एक अर्ब १९ करोडको सेयर कारोबार भएकोमा आधा रकम नै एभरेष्ट र नेशनल लाईफको थियो । 

धेरै हकप्रद घोषणा गर्ने कम्पनीका संस्थापक र ठूला लगानीकर्ताहरुले आफुसँग भएको साधारण सेयर बेच्ने मौका लाभांश घोषणालाई बनाउने गरेकोले पनि अहिले एभरेष्ट र नेशनल लाईफको धेरै कारोबार भएको हो । 

यस दिन एक सय ३५ कम्पनीको सेयर कारोबार भएकोमा सबैभन्दा बढी महिला सहयात्राको सेयर मूल्य ९ र सिभिल बैंकको ६ प्रतिशतले घटेको छ भने १२ कम्पनीको मात्र सामान्य अंकले सेयर मूल्य बढेको छ ।


एभरेष्ट र नेशनल लाईफको सेयर कारोबार गर्न बजारमा उत्रिएका ठूला लगानीकर्ता बजार घट्ने क्रम तीब्र हुँदा आगामी साता के गर्लान् भन्ने चासो पनि स्वभााविक रुपमा बढेको छ । एभरेष्ट र नेशनल लाईफको सेयर किन्ने पनि धेरै जसो ठूलै लगानीकर्ता नै हुन् तर बजार घटाईको मनोबैज्ञानिक असर अहिले किन्नेहरुमा पनि पर्दा आगामी दिनमा के हुन्छ भन्न सकिन्न ।

बजार धेरै घट्दा ठूला र संस्थागत लगानीकर्ताले राम्रा कम्पनीका सेयर खरिदको क्रम बढाए कारोबार रकम र नेप्सेलाई टेवा नै पुग्ला, उनीहरु फर्किएनन् भने साधारण लगानीकर्ताको मनोबल उच्च पार्ने र बजारलाई आधार दिने गतिलो कदमको आबश्यकता खट्किने छ ।

यस अघि शेयर बजार परिसुचक नेप्सेले गत साउन १२ गते अहिलेसम्मकै उच्चतम विन्दु १८ सय ८१ दशमलव ४५ अंकको यात्रा तय गरेको थियो । हेर्नुहोस् त्यस दिन के के भएको थियो ? 

साना कम्पनीहरुको शेयर मूल्य धेरै बढ्दा कारोबार रकममा बाणिज्य बैंकहरुकै पल्लाभारी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।