Fri, Mar 29, 2024
लक्ष्मी लघुवित्त (LLBS) ले लगानीकर्तालाई नगद लाभांसमा मात्र चित्त बुझाउनु पर्ने गरी लाभांस प्रस्ताव गरेको छ । पूँजी वृद्धिका क्रममा शतप्रतिशत हकप्रद निष्काशन गरेको लघुवित्तले हकप्रदले समेत पाउने गरी १० प्रतिशत नगद लाभांस प्रस्ताव गरेको हो ।
लघुवित्तले हकप्रद निष्काशन पहिलेको पूँजीका आधारमा भने उक्त लाभांस २० प्रतिशतको अनुपातमा वितरण गर्न लागेको हो । अहिले ११ करोड रुपैंया चुक्ता पूँजी तथा ९ करोड ५७ लाख रुपैंयाको जगेडा कोष रहेको लघुवित्तले बोनस राम्रो दिने अपेक्षामा लगानीकर्ता थिए ।
शतप्रतिशत हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी २२ करोड रुपैंया पुग्नेछ ।
सर्वोच्च अदालतले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमबार आदेश दिएको छ।