मितेरीको पचास प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,नागबेलीको सेयरमूल्य समायोजन

Nov 20, 2016 merolagani

मितेरी डेभलपमेण्ट बैंकले पूँजी वृद्धिका लागि जारी गरेको ५० प्रतिशत हकप्रद शेयरको बिक्री आज सकिदैछ । बैंकका सेयरधनीले आज बैकिङ् समयभित्रमा आवेदन गरिसक्नु पर्नेछ । त्यस्तै नागबेली लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रदका लागि आज सेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ साथै नेप्सेले सेयरमूल्य समेत समायोजन गरेको छ ।


३० प्रतिशत बोनस प्रस्ताव गरेको मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । गत असोज ५ गतेसम्म शेयर किनेका लगानीकर्ताले मात्र मंसिर ५ गतेसम्ममा हकप्रदका लागि आवेदन गर्न पाउनेछन् ।

बैंकको हकप्रद शेयरको आवेदन प्रभु क्यापिटल, कमलादी, मितेरी डेभलपमेण्ट बैंकको मुख्य कार्यालय धरान तथा सबै शाखामा बुझाउन सकिनेछ ।

२१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद निष्काशन पश्चात चुक्ता पूँजी ३१ करोड ६८ लाख रुपैंया नाघ्नेछ भने प्रस्तावित बोनस समेत वितरण गरे पछि पूँजी ३८ करोड रुपैंया बढी हुनेछ ।

नागबेली लघुवित्त

नागबेली लघुवित्त विकास बैंकको ५० प्रतिशत हकप्रदका लागि आज सेयरधनी दर्ता पुस्तिका बन्द भएको छ । साथै नेप्सेले सेयरमूल्य समेत समायोजन गरेको छ । ५० प्रतिशत हकप्रद समायोजन गरेपछि नेप्सेले नागबेलीको प्रतिकित्ता सेयरमूल्य ३ हजार ३ सय ७ रुपैयाँ तोकेको छ ।

गत आर्थिक वपर्षको कमाईबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांस बितरणको प्रस्ताव गरेको लघुवित्तले साधारण सभाको मिति भने निर्धारण गरिसकेको छैन ।

२ करोड ५० लाख रुपैंया मात्र चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रद निष्कासन तथा बोनस बितरण पश्चात चुक्ता पूँजी ५ करोड २५ लाख रुपैंया पुग्नेछ ।

....................................................................................................................................................................

मेरो लगानी अब सबै स्मार्टफोनमा ! एण्ड्रोइड मोवाइल एप्सका लागि यहाँ क्लिक गर्नुहोस् । एप्पलको आइफोन तथा आइप्याडका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईँ मेरो लगानीका प्रत्येक अपडेट फेसबुकट्वीटर र गुगल प्लस मार्फत पनि पाउन सक्नुहुन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।